logo

कोल्हबीमा निशुल्क आँखा शिविर सम्पन्न , नगरबासीलाई अन्धोपनबाट मुक्त गर्ने मेयर भण्डारीको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १७ गते ०७: ५३ मा प्रकाशित     699   पटक पढिएको

बाराको कोल्हबी नगरपालिका–१ मा आयोजित निःशुल्क आँखा शिविरमा १ सय ३० जनाको आँखा परीक्षण गरिएको छ । आँखा परीक्षण गराएकामध्ये ४४ जनामा मोतिबिन्दु देखा परेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कोल्हबी नगरपालिका, वीरगञ्ज युनाईटेड फुटबल क्लबले वीरगञ्ज सामुदायिक आँखा केन्द्रसंगको सहकार्यमा शिविर आयोजना गरेको हो । वीरगञ्ज सामुदायिक आँखा केन्द्रका मेडिकल संयोजक महेश सिँह धामी, दृष्टि विशेषज्ञ शिखा पराजुली लगायतको टोलीले आँखा परीक्षण गरेका थिए ।


मोतिविन्दुका बिरामीहरुको बरिष्ठ नेत्र चिकित्सकहरुको टोलीले निःशुल्क शल्यक्रिया गर्ने वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक धामीले जानकारी दिए ।
शुक्रबार आयोजित शिविरको उद्घाटन गर्दै कोल्हबी नगरपालिकाका नगरप्रमुख भरत भण्डारीले गरेका थिए । उनले नगरपालिकाको ११ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने बताए । नगरबासीलाई अन्धोपनबाट मुक्त गर्न कुनै कसर बाँकी नराख्ने नगरप्रमुख भण्डारीको प्रतिबद्धता छ ।


शिविरबाट आर्थिक अवस्था कमजोर भएका दृष्टिबिहिनहरु लाभान्वित भएको नगरपालिकाका स्वास्थ्य संयोजक साबिर अन्सारीको भनाई छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.