logo

शिक्षा, स्वास्थ्य र मानवता आफ्नो प्रमुख प्रथामिकताः महानगरप्रमुख सरावगी  

 इसीमाना सम्वाददाता     २०७८ भदौ २३ गते ०५: ५९ मा प्रकाशित     872   पटक पढिएको


वीरगंज माहानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १८ मा रहेको गीता गजेन्द्र जोशी माध्यामिक विद्यालयको नवनिर्मित भवनको उदघाटन गरेका छन ।

 

महानगरपालिकाको नगरस्तरीय बजेटबाट निर्माण गरिएको चारकोठे पक्की भवनको आज एक कार्यक्रमकाबीच नगरप्रमुख सरावगीले उद्वघाटन गरेका हुन  ।

 

भवन उदघाटन गर्दै महानगर प्रमुख सरावगीले शिक्षा, स्वास्थ्य र मानवता आफ्नो प्रमुख प्राथामिकतामा रहेको बताए  ।

 

उनले  विद्यालय स्थापनाका लागि जग्गा दाताहरुको योगदान अतुलनीय रहेको बताउदै शिक्षाको गुणस्तरमा ध्यान दिएर दक्ष जनशक्ति उत्पादनमा विद्यालय र व्यावस्थापन समितिहरुको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए  ।

 

उनले  विद्यालयको थप एक तल्लाको यसै आर्थिक बर्षमा निर्माण गर्न सम्बन्धित प्राबिधिकलाई निर्देशन समेत  दिए  ।

 

विद्यालय भवन उदघाटन समरोहमा वीरगन्ज महानगरपालिकाका भौतिक पूर्वाधार विकास समितिका संयोजक अरविन्द गुप्ता,  वडा नम्बर १८ का वडा अध्यक्ष महादेव कुर्मी, विद्यालयका  शिक्षक, शिक्षिका लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

 

 

यसैबीच नगर प्रमुख सरावगीले वडा नम्बर २४ श्मसान घाट नजिक निर्माणाधिन नेपाली कांग्रेसको जिल्ला कार्यालय  स्व. आत्माराम दुखा सहनी स्मृति  भवनको अनुगमन निरीक्षण गरेका छन ।  आज नगरप्रमुख सरावगी सहितको टोलीले भवन निर्माणको स्थलगत अनुगमन गरेको नगर प्रमुखको सचिवालयले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.