logo

बीरगंजलाई पर्यटकको गन्तब्यकेन्द्रको रुपमा चिनाउने मन छः प्रमुख सरावगी

      9/27/2019 गते 00 00 मा प्रकाशित     1039   पटक पढिएको

बीरगंज १० असोज ।
बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीलेनेपाल प्रवेश गर्ने पर्यटकलाई सुरक्षा जाँचका नाममा हतोत्साहित गर्नु उचित नरहेको बताएका छन ।

 

बिश्व पर्यटन दिवसको अवसरमा भिजीट मधेशको संयोजनमा बीरगंज महानगरले आज होटेल मकालुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

 

भंसार क्षेत्रमा प्रहरीका चार ठाउमा रहेका चेकपोष्टहरुले प्रहरीकै प्रतिष्ठा र निष्ठामाथि प्रश्न उठाएको उनले बताए । त्याहा दुई ठाउमा प्रहरीको चेक पोइन्ट राख्दा हुने उनले सुझाव दिए ।

 

उनले पर्यटकहरुलाई दिनु पर्ने सेवा सुविधा र ब्यवहार अनुकुल हुन नसकेको भन्दै अतिथि देवो भवः ब्यवहारमा लागु हुनु पर्नेमा जोड दिए ।

नेपालमा अतिथिलाई देवता मान्ने गरिएको ठाउँमा थर्काएर व्यहार गरे हाम्रो प्रतिष्ठामा पनि आंच आउछ उनले भने  वीरगंज सम्भावना बोकेको ठाउँ भएकोले आर्थिक नगरी भए जस्तो पर्यटक नगरी पनि होस भने आफुले चाहना छ ।

 

उनले बीरगंजलाई र्पटकहरुको गन्तब्य केन्द्रको रुपमा चिनाउने काममा महानगरको तर्फबाट गर्नु पर्ने काममा आफू पछि नपर्ने प्रतिवद्धता जनाए ।कार्यक्रममा भिजिट मधेशका संयोजक ओमप्रकाश सर्राफले पर्यटन प्रबर्धन सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्दै विकास र समृद्धिमा पर्यटन क्षेत्रको ठुलो योगदान हुने वताए ।

 

उनले विश्वको परिवेशमा पर्यटन क्षेत्रको दायरा र महत्व दिनप्रतिदिन फराकिलो हुँदै गएकोले हाम्रो मुलुकको पनि बढाउनु पर्ने वताए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, नेपाली कांग्रेसका पर्सा सचिव श्याम पटेल, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, , नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का उपाध्यक्ष के.सी. लामिक्षाने, पर्सा अध्यक्ष श्याम बन्जारा, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतकाले मन्तव्य राखेका थिए ।

विश्व पर्यटन दिवसको अवसरमा भएको कार्यक्रमको संचालन हेमन्त तमांगले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.