logo

उद्धघोषण तालिम सम्पन्न प्रशिक्षार्थीले संचालन गरे कार्यक्रम

      9/25/2019 गते 00 00 मा प्रकाशित     973   पटक पढिएको

वीरगंज ८ असोज । चेली कृषि सहकारी संस्थाले आफन्त नेपालको सहयोगमा आयोजना गरेको तीन दिने उघोषण तालिम आज सकिएको छ ।

 

संस्थाका अध्यक्ष कमला घिमिरेको अध्यक्षतामा तालिमको समापन समारोह सम्पन्न भएको हो । कार्यक्रममा बीरंज महानगरपालिका वडा नं १६ का वडाध्यक्ष श्यामबाबु चौरसियाले सहभागिहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।

 

उनले गत आर्थिक वर्षको बजेट सडक पूर्वाधारमा खर्च भएको बताउदै यस आर्थिक वर्षमा महिलाहरुको सीप बिकासकालागि बजेट ब्यवस्था गर्ने बचन दिए ।

 

उनले महिलाहरुकोलागि के गर्न सकिन्छ प्रस्ताव लिएर आउन आग्रह गर्दै आफूले सकेको सहयोग गर्ने बताए । कार्यक्रमको उद्धघाटन समारोहमा समेत सहभागि वडाध्यक्ष चौरसियाले समापन कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुले ने कार्यक्रमको संचालन गरेको देखेर तालिम प्रभावकारी भएको भन्दै खुशी ब्यक्त गरे । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नु अपिल गरे ।

कार्यक्रममा पत्रकार कविता खड्का,सन्तोष रन्जीतकार आफन्त नेपाल पर्साका संयोजक तारा सापकोटा समाजसेवी राजकुमार घिमिरे लगायतको सहभागिता रहेको थियो । 


नानु कार्कीले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य सरस्वती लामाले ब्यक्त गर्नु भएको थियो । तीन दिन सम्म संचालन भएको तालिममा चेली कृषि सहकारी संस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।

तीन दिन तालिममा भएको सिकाई र अभ्यासका आधारमा समापन समारोह प्रशिक्षार्थीहरुले संचालन गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.