logo

उद्धघोषण तालिम सम्पन्न प्रशिक्षार्थीले संचालन गरे कार्यक्रम

      9/25/2019 गते 00 00 मा प्रकाशित     1343   पटक पढिएको

वीरगंज ८ असोज । चेली कृषि सहकारी संस्थाले आफन्त नेपालको सहयोगमा आयोजना गरेको तीन दिने उघोषण तालिम आज सकिएको छ ।

 

संस्थाका अध्यक्ष कमला घिमिरेको अध्यक्षतामा तालिमको समापन समारोह सम्पन्न भएको हो । कार्यक्रममा बीरंज महानगरपालिका वडा नं १६ का वडाध्यक्ष श्यामबाबु चौरसियाले सहभागिहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।

 

उनले गत आर्थिक वर्षको बजेट सडक पूर्वाधारमा खर्च भएको बताउदै यस आर्थिक वर्षमा महिलाहरुको सीप बिकासकालागि बजेट ब्यवस्था गर्ने बचन दिए ।

 

उनले महिलाहरुकोलागि के गर्न सकिन्छ प्रस्ताव लिएर आउन आग्रह गर्दै आफूले सकेको सहयोग गर्ने बताए । कार्यक्रमको उद्धघाटन समारोहमा समेत सहभागि वडाध्यक्ष चौरसियाले समापन कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुले ने कार्यक्रमको संचालन गरेको देखेर तालिम प्रभावकारी भएको भन्दै खुशी ब्यक्त गरे । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नु अपिल गरे ।

कार्यक्रममा पत्रकार कविता खड्का,सन्तोष रन्जीतकार आफन्त नेपाल पर्साका संयोजक तारा सापकोटा समाजसेवी राजकुमार घिमिरे लगायतको सहभागिता रहेको थियो । 


नानु कार्कीले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य सरस्वती लामाले ब्यक्त गर्नु भएको थियो । तीन दिन सम्म संचालन भएको तालिममा चेली कृषि सहकारी संस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।

तीन दिन तालिममा भएको सिकाई र अभ्यासका आधारमा समापन समारोह प्रशिक्षार्थीहरुले संचालन गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सर्लाहीमा छुट्टा छुट्टै  दुर्घटनामा दुईजनाको ज्यान गयो

मलंगवा । सर्लाहीकोे बिभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।  मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.