logo

घरघरमा सिंहदरवार बजेट सिध्याउन मलको ब्यापार

      8/1/2018 गते 00 00 मा प्रकाशित     1128   पटक पढिएको

अलीअसगर देवान

वीरगन्ज १६ साउन ।

पर्साको बहुदरमाई नगरपालिकाले बजेट सिध्याउन हरेक मतदाताको भागमा पर्ने गरी रासायनिक मल वितरण गरेको पाइएको छ। प्रत्येक कार्यकर्ताको भागमा पर्ने गरी एकरएक किलो रासायनिक मल जिंक वितरण गरिएको जनाइएको छ।

प्रत्येक वडामा वडाध्यक्षले आफ्ना आसेपासेलाई रासायनिक मल वितरण गरेको असन्तुष्ट पक्षको गुनासो छ। नगरपालिकाको कृषि शाखाले गत आर्थिक वर्षको बजेटबाट रासायनिक मल वितरण गरेको हो।

 

कृषि शीर्षकमा रहेका साना योजनाअन्तर्गतका बजेट खर्च हुन नसकेपछि यस्तो कार्यक्रम सञ्चालन गरिएको कृषि शाखाका प्राविधिक सहायक महेन्द्र कुशवाहाले बताए। उनका अनुसार रासायनिक मल नगरपालिकाको निर्णयअनुसार नै वितरण गरिएको हो।

विकासे धान, मुंगको दाल, अन्य धानका बीउसहित कृषि शीर्षकमा रहेको बजेट खर्च हुन नसकेपछि त्यसको साटो मल वितरण गरिएको नगरपालिकाले जनाएको छ। उनका अनुसार गत आवमा नगरपालिकाको बैठकले यस्ता योजनालाई विषादी छर्ने ट्यांकी र मल वितरण गर्ने निर्णय गरेको थियो। त्यही निर्णयबमोजिम मल वितरण गरिएको उनले सुनाए।

कृषिको १८ लाख बजेट मल र ट्यांकीमा खर्च भएको छ। ९ लाखको मल र ९ लाखको विषादी छर्ने ट्यांकी खरिद गरिएको उनले बताए। ‘अहिले ९ लाख रुपैयाँबराबरको रासायनिक मल मात्र बाँडिएको छ’, उनले भने, ‘ट्यांकी खरिद गरिए पनि वितरण गरिएको छैन।’

उनका अनुसार खरिद गरिएको ७ हजार ५ सय किलो मलमध्ये ६ हजार ५ सय किलो वितरण गरिएको छ। प्रत्येक वडामा ७ सय किलोभन्दा बढी पर्ने गरी मल वितरण गरिएको उनले सुनाए। बहुदरमाईमा नौ वडा छन्।

 

एउटा वडामा साट क्विन्टल मल दिँदा संख्यात्मक हिसाबले ७ सय प्याकेट पुग्न जान्छ। जबकि एउटा वडामा १ हजार ५ सयभन्दा बढी मतदाता रहेको जनाइएको छ।

वडा नम्बर ७ मा प्रत्येक मतदातालाई १र१ किलो पर्ने गरी बाँडिएको वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष प्रभु पटेलका अनुसार वडामा करिब २ हजार मतदाता छन्। भागबन्डा गरी मल बाँड्दा अपुग भएको उनको भनाइ छ।

ढुवानीसहितको मूल्य १ सय २० रुपैयाँ राखिएको कुशवाहाले बताए। उनका अनुसार जिंकले फसलको उत्पादकत्व वृद्धि गर्छ। एक किलो जिंकले चार कट्ठामा लगाइएको फसल धान्छ।

 

नगरपालिकाले उपलब्ध गराएको जिंकले चार कट्ठाको फसल मात्र पुग्ने भएकाले पाउने किसानसमेत सन्तुष्ट हुन सकेका छैनन्। दुई बिघा जमिन भएका वडा नम्बर ९ का हासिम अन्सारीले नगरपालिकाले किसानको मजाक उडाएको गुनासो गरे। सबै किसानलाई मल उपलब्ध गराएको भनिए पनि आफूले नपाएको उनको भनाइ छ।

नगरपालिकाले असार मसान्तमा हेरक वडालाई ९०र९० वटा फलफूलका बिरुवा पनि वितरण गरेको थियो। ७० हजार रुपैयाँ लागतमा फलफूलका बिरुवा वितरण गरिएको नगरपालिकाले जनाएको छ। वडाध्यक्षले आफ्ना कार्यकर्तालाई बिरुवा उपलब्ध गराएको स्थानीयको आरोप छ।

वडा नम्बर ९ का सदस्य महम्मद फकरोदिनले यो बजेट सिध्याउने तरिका मात्र भएको जिकिर गरे। वडा नम्बर ७ का सदस्य कुदिस देवानले पनि सोझो रूपमा बजेट सिध्याउने तरिका अपनाइएको बताए। बैरिया बिर्ताका युवा नेता मोती उरहमानले पनि मल आसेपासेलाई मात्र दिइएको आरोप लगाए।

मेयर नितेन्द्र साहले भने किसानलाई सुविधा दिइएको बताए। कृषि कार्यक्रमको बजेटअनुसार सबै वडालाई भाग लगाएर ७र७ क्विन्टल जिंक उपलब्ध गराइएको उनको भनाइ छ।सभार ःअन्नपूर्ण पोष्ट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.