logo

युवाकालागि आइडल बन्दै रामनगरिका रमेश 

      2/18/2017 गते 00 00 मा प्रकाशित     1435   पटक पढिएको

वीरगंज ७ फागुन /
पर्सा जिल्लाको रामनगरी गाविसका एक युवकको पहलले सप्तरीका ३ परिवारको घर बन्ने भएको छ । भारतबाट आफनो अध्ययन पुरा गरि फर्किएका पर्साको रामनगरिका युवा बीरगंजेली पत्रकारहरुसंग पहिलो पटक साक्षत्कार गर्दै घर बनाउने प्रेरणाको बारेमा जानकारी गराउदै थिए ।  सामाजिक कार्यमै जीवन बिताउने प्रण गरेका साहले बिकृति र बिसंगतीपूर्ण राजनीतिक भडकाव प्रति सामाजिक संजाल मार्फत कडा प्रहार गर्ने गर्छन ।
साहले सामाजिक संजाल मार्फत सप्तरीको परवाहा गाविसमा रहेको ३ वटा दृष्टिविहिन परिवारको भयावह अवस्थाको जानकारी पाएदेखि नै उनमा ति परिवारकालागि केही गर्ने हुटहुटी पैदा भयो । दृढ इचछाशक्ति भएका साहले सामाजिक सहयोगको भावनालाई ब्यवहारमा उतार्ने प्रण गरे र शुरु भयो घर बनाउने अभियान ।  उनले दृष्टिविहिन परिवारको लागि करिब ३० लाखको लागतमा घर बनाउने प्रण गर्दै फेसबुक मार्फत आर्थिक सहयोग संकलन अभियानमा चलाएका छन् । देशको परिस्थितिको बारेमा लेख्न सक्ने अब्बल क्षमता भएकै कारण फेसबुकमा साथी भएकाहरुले ति दृष्टिविहिन परिवारका लागि दुई हप्ता अगाडि सहयोगका लागि अपिल गरेकोमा हाल सम्ममा करिब १५ लाख सम्म सहयोग प्राप्त भइसकेको उनले जनकारी गराए । गरिब, बिपन्न, असहायको सहयोगको लागि सबैमा आग्रह गर्दै पर्सा जिल्लामा समेत त्यस्ता परिवारलाई सहयोग गर्दै जाने उनले बताए । परिवारको शिक्षा दिक्षाका लागि आफनो पहलमा सो परिवारका १२ वर्ष मुनिका ४ जना बालिकालाई हेल्प नेपाल नेटवर्कको बालगृहमा राख्न लगाएको छलफलमा साहले जानकार दिएका थिए ।
सामाजिक कार्यमै लागेर भविष्यमा देशलाई केही गरेर देखाउने इच्छा बोकेका साहले नेताहरुले भाषण मात्र गर्ने गरेको र विकासको काममा ध्यान नदिएको आरोप समेत लगाएका थिए । सामाजिक अभियान्ता साह भारतको दिल्लीमा सिए पढदै गर्दाको समयमा समाजिक कार्यमा लाग्ने लक्ष्य बनाउदै अगाडि बढेका हुन् । उनीले आउदो दिनमा युवाहरुलाई एकजुट बनाई समाजिक कार्यमा लाग्ने सपना बुनेका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.