logo

अनेरास्ववियुद्वारा विन्दवासिनी गाउँपालिकामा प्रदर्शन

      6/17/2020 गते 00 00 मा प्रकाशित     1340   पटक पढिएको

वीरगन्ज, ३ असार । पर्साको बिन्दवासिनी गाउँपालिकामा अनेरास्ववियूका विद्यार्थी नेताहरुले गाउँपालिकाको बिरोधमा प्रदर्शन गरेका छन् । अनेरास्ववियुका केन्द्रिय सदस्य शिवम साहको नेतृत्वमा गाउँपालिकाले विश्वभरी फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरावही गरेको भन्दै बिरोध प्रदर्शन गरिएको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरवाही भएको, अब्यवस्थित क्वारेन्टाईन, स्वास्थ्य सामाग्रीको अभावले जनतलाई समस्या भएपनि जनप्रतिनिधिहरु राजसी ठाँटमा रमाएको भन्दै विद्यार्थी नेताहरुले दवाब स्वरुप ध्यानआकर्षण गराएका हुन् ।
 गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरु यस्तो विषम परिस्थितीमा पनि भ्रष्टाचार र बिलासितामा रमाएर जनताको समस्याहरुको सुनुवाई नगरेको त्यहाँका स्थानीयको गुनासो छ ।

कृषकहरुको समस्यालाई सम्बोधन नगरेर गाउँपालिकाकी उपाध्यक्ष महिनामा ४÷५ पटक कार्यालय आएपनि मासिक रुपमा १ लाख सवारी खर्च उठाएको भन्दै आर्थिक अनियमितताको विद्यार्थीहरुले विरोध गरेका छन् ।  गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले स्वयम आफुले मासिक रुपमा १ लाख सवारी खर्च लिएको स्वीकार गर्नुभएको छ ।

आन्दोलनको क्रममा विद्यार्थि नेताहरुले गाउँपालिकाको तथ्यांक पारदर्शी गर्न १ हप्ते अल्टिमेटम समेत दिएको आन्दोलनका नेतृत्व गरीरहेका अनेरास्ववियूका केन्द्रिय सदस्य शिवम साहले बताउनुभयो । साथै एक हप्ता भित्र स्पष्टिकरण नदिए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो । आन्दोलनमा कल्सरिफ गद्धी, सुधिर कुमार पण्डित, रामबाबु मण्डल लगायतका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.