logo

५ दिन देखी पोखरिया नगरपालिकामा तालाबन्दी जनताकोकाम प्रभावित 

      3/9/2018 गते 00 00 मा प्रकाशित     1282   पटक पढिएको

बीरगंज २५ पोखरिया । 
पोखरीया नगरपालिकाको कार्यालयमा लगाईएको तालाबन्दी आज ५ औ दिन पनि बन्द रहेको छ । तालाबन्दीका कारण नागरिकको काम प्रभावित भएको छ । औषधीमुलो किन्ने र फलफूल खाने सामाजिक सुरक्षा भत्ता नपाएर जेष्ठ नागरिकहरु चिन्तामा परेका छन । 

 

युवा समाजको नाममा कार्यालयमा तालाबन्दी छ। उनीहरुका ७ वटा माग छन । आठ जना वडाध्यक्षहरुले जिल्ला प्रशासनमा उजुरी दिएका छन  त्यसमा मूलभूत रुपमा २ वटा माग छन । कर्मचारीको नियुक्ति र गाडी भाडामा लिने कुरा गैर कानूनी छ त्यसलाई खारेज गर्नु पर्ने माग त्यो उजुरीमा उल्लेख छ ।

 


    केही समय पहिला पोखरिया नगरपालिकामा वडाध्यक्षहरुले मोटरसाइकल र मोवाइल फोन सुविधा वापत पाउनु पर्ने माग गरेका थिए ।

 

नगरपालिकाले पैसा दिइहाल्छ भन्ने ठानेर केही मोटरसाइकल पनि किनी सकेका थिए तर नगरपालिकाले यो खाले सेवा उपलब्ध नगराएपछि वडाध्यक्षहरु रिसाएर उजुरी लेख्न पुगेको आरोप एक पक्षको छ । नगरपालिकामा मेयरको प्रतिपस्र्धामा उत्रिएका शंकर राउतले समेत मोटर साइकल र मोवाइल दिए समस्या हल हुने ठोकुवा गर्छन । 


    एक साता अगाडि पोखरियामा आगलागि भयो । नगरपालिकाले ८ महिना अगाडि किनेको दमकल पोखरिया इलाका प्रहरी कार्यालयको प्राङणमा थन्किएको छ ।

 

दमकल,आगो निभाउनमा प्रयोगमा आएन ,संचारमाध्यमले दमकल छ चालक छैन दमकल थन्कियो भन्दै समाचार लेखे  । नगरप्रमुखका बिरुद्ध नारा र जुलुस प्रर्दशन भयो । दमकल चलाउन नसकेको भन्दै प्रमुख बिरुद्ध जुलुस निकाल्नेहरु आज प्राविधिक कर्मचारीको नियुक्तिको बिरोधको आन्दोलनमा पनि छन ।

 

मेयर ,उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको सहमतीमा दमकल संचालनकालागि प्राविधिक कर्मचारी नियुक्त गरिएको छ । उनीहरुले आफनो काम कानूनी प्रक्रिया भित्रै रहेकोे दावी गरेका छन । कर्मचारीको नियुक्ति गैरकानूनी छ भने त्यसलाई कानूनी रुपमा चुनौती दिन सक्नु पर्ने उनीहरुकोे भनाई छ ।

 

यो काम गैर कानूनी छ भने बोर्डबाट अस्वीकृत गरेपनि भो नी बिधि र प्रक्रिया भित्रबाटै निकास खोज्न सकिने प्रशस्त ठाउँ रहेको बिशलेषकहरुको  तर्क छ । उनले अहिले धेरै कुरा बताउने वतावरण नभएको भन्दै धेरै खुल्न समेत चाहेनन ।


पोखरिया नगरपालिकाको तालाबन्दी प्रकरणमा  त्यस क्षेत्रका सासद हरिनारायण रौनीयारको समेत चासो रहेकोले यो बिषय प्रतिष्ठाको बिषय समेत बनाइएको स्रोतको दावी छ । 


त्यस्तै युवा समाजको नाममा आन्दोलनमा उत्रिएका युवाहरुले आज कार्यालय अगाडि टायर बालेर प्रर्दशन गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.