logo

माओवादी पर्साका कारवाही प्रकरण, अर्याल र महतो साधारण सदस्य पनि रहेनन

      12/27/2017 गते 00 00 मा प्रकाशित     1472   पटक पढिएको

बीरगंज १२ पुष ।
 पर्सामा माओवादीको असन्तुष्ट पक्षले आज पत्रकार सम्मेलन गरेर पार्टी केन्द्रीय सचिवालय सदस्य उर्मिला अर्याल जिल्ला अध्यक्ष बिजय महतोलाई कारवाही गरेको घोषणा गरेको छ ।


उनीहरु दुबै जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरिएको आज बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनीक गरिएको हो ।

पार्टीका केन्द्रीय सल्लाहकार जालिम मिया र जिल्ला अध्यक्ष बाबुराम कौशीकले जारी गरेको बिज्ञप्तिमा स्थानीय तह र प्रतिनिधि तथाप्रदेश सभा निर्वाचनमा भएको पराजयको कारण महतो र अर्याल रहेको भन्दै कारवाही गरिएको उल्लेख छ ।  


यस अघि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उर्मिला अर्याललाई हराउन लागेको भन्दै जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ र पार्टी अध्यक्ष र अवैध रुपमा चन्दा असुल गरेर पार्टीको हित विपरीत कार्य गरेको भन्दै जिल्ला नेता बाबुराम कौशिकलाई पार्टीबाट निष्काशन गरिएको थियो  ।

उनीहरुलाई पार्टी सचिवालय सदस्य तथा पर्सा इन्चार्ज अर्याल पोलिट ब्यूरो सदस्य छोटेलाल यादव र जिल्ला अध्यक्ष महतोले कारवाही गरेका थिए ।


दुवैपक्षले निश्कासन गरेको दावी गरिरहेको अवस्थामा उनीहरु दुवै पक्षले गरेको कारवाहीमा वैधानिकताको प्रश्न खडा भएको छ । अर्यालय पक्षले कारवाही गरिएको भनिएका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ पार्टीको केन्द्रीय सल्लाहाकार समिति सदस्य समेत रहेकोले उनलाई जिल्ला कमिटिले कारवाही गर्नु विधान विपरित रहेको मिया पक्षको दावीछ ।

त्यस्तै यता जालिम मियाँ पक्षले गरेको कारवाहीमा पनि पार्टी केन्द्रीय सचिवालय सदस्य जिल्ला इन्चार्ज र संयोजकलाई जिल्ला कमिटीले कारवाही गर्न नसक्ने प्रष्ट छ ।

पर्सामा भएको लज्जास्पद हार ढाकछोप गर्नका लागि दुवैपक्षले एकअर्कालाई दोषारोपण गरेर कारवाही गरेको भन्दै पार्टीको कारवाहीबाट बच्ने बाटो खोजेको बुझिएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वले पनि पर्साको विवादलाई वेवास्ता गर्दै आएको छ । पार्टीमा उर्मिला अर्याल, जालिम मियाँ, बाबुराम कौशिक तीनैजना प्रचण्ड पक्षकै नेताहरु मानिन्छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.