logo

खालिस्तानी समर्थक पन्नु हत्याको कथित षड्यन्त्रको बारेमा अमेरिकाद्वारा भारतसंग अनुसन्धानको अपडेट माँग

 इसीमाना सम्बाददाता      २०८१ असार १९ गते १७: २९ मा प्रकाशित     535   पटक पढिएको

अमेरिकाले खालिस्तानी समर्थक गुरपतवन्त सिंह पन्नुको हत्याको कथित षड्यन्त्रको छानबिन गर्न नयाँ दिल्लीले गठन गरेको उच्चस्तरीय समितिसँग लगातार अद्यावधिकहरू खोजेको र यो मुद्दा सीधै भारत सरकारको उच्च तहमा उठाएको बताएको छ।

नयाँ दिल्ली ।अमेरिकाले खालिस्तानी समर्थक गुरपतवन्त सिंह पन्नुको हत्याको कथित षड्यन्त्रको बारेमा भारतीय अनुसन्धानको अद्यावधिकको लागि लगातार भारतलाई दबाब दिएको बताएको छ।

इन्डियन एक्सप्रेस अनुसार अमेरिकी उप विदेशमन्त्री कर्ट क्याम्पबेलले बुधबार भनेका छन भारतीय सहयोगीहरूले यी आरोपहरू र रिपोर्टहरूको प्रकाशमा के सम्भावित संस्थागत सुधारहरू आवश्यक छन भनेर ध्यानपूर्वक विचार गरिरहेको बिश्वास गरेका छौ ।

उनले भनेका छन नयाँदिल्लीले गठन गरेको उच्चस्तरीय समितिमा अमेरिकाले लगातार अपडेट माँगेको बताए ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवानसँगको भारत भ्रमणको केही दिनपछिको अनलाइन पत्रकार सम्मेलनमा क्याम्पबेलले भने, ‘हामीले जवाफदेहिता चाहन्छौं र यस विषयमा भारतसँग कुराकानी गरेका छौं र उनीहरूले हाम्रा सरोकारहरूलाई समर्थन गरेका छन् । हामीले निरन्तर अपडेटको लागि सोधेका छौं। यो मुद्दा सीधै भारत सरकारको उच्च नेतृत्वमा उठाइएको छ।

सुलिभान र क्याम्पबेलले गत हप्ता भारत भ्रमण गर्दा पन्नुविरुद्धको षड्यन्त्रमा संलग्न भएको आरोपमा भारतीय नागरिक निखिल गुप्तालाई जुन १४ मा चेक रिपब्लिकबाट अमेरिका सुपुर्दगी गरिएको थियो।


गुप्तामाथि खलिस्तानी कार्यकर्ता गुरपतवन्त सिंह पन्नु र एक भारतीय सरकारी अधिकारीको हत्यामा महत्वपूर्ण भूमिका खेलेको आरोप छ। पन्नु सिख फर जस्टिससँग सम्बद्ध छन्, एक खालिस्तानी समूह जसलाई भारतले आतंकवादी समूह घोषित गरेको छ।

पन्नुसँग अमेरिका र क्यानडाको दोहोरो नागरिकता रहेको र उनी भारतमा प्रतिबन्धित ‘सिख फर जस्टिस’ सँग सम्बन्धित छन् । भारतको केन्द्रीय गृह मन्त्रालयले पन्नुलाई आतंकवादी घोषणा गरेको छ ।


गत वर्ष अमेरिकाले पन्नुमाथिको असफल हत्या प्रयासको बारेमा भारत सरकारसँग जानकारी साझा गरेको थियो र एक भारतीय अधिकारीको कथित संलग्नताको अनुसन्धान गर्न पनि आग्रह गरेको थियो।

यसैबीच अमेरिकी अखबार द वासिङ्टन पोस्टको एक रिपोर्टमा अमेरिकी अधिकारीहरूले पन्नुको हत्याको षड्यन्त्र रचेको आरोप लगाएका अज्ञात भारतीय रिसर्च एण्ड एनालिसिस विंग का पूर्व अधिकारी हुन् र उनको नाम विक्रम यादव रहेको दाबी गरिएको थियो।

अभियोगमा यो पनि भनिएको छ कि गुप्तालाई क्यानाडाली नागरिक हरदीप सिंह निज्जरलाई मार्ने योजनाको पूर्व जानकारी थियो   जसलाई भारतले खालिस्तानी आतंकवादी घोषणा गरेको छ। निज्जरको हत्यामा भारतको संलग्नता रहेको क्यानडाको दाबीले भारत–क्यानडा सम्बन्धमा निकै तनाव उत्पन्न भएको छ ।

भारतीय संचारमाध्यमको सहयोगमा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.