logo

बिश्व स्वास्थ्य संगठनको अनुदान रोक्ने ट्रम्पको आदेश,अनुदान रोक्नु गलत भएको महासचिव एन्टोनियोको टिप्पणी

एजेन्सी 

      4/14/2020 गते 00 00 मा प्रकाशित     1443   पटक पढिएको

बीरगंज ३ बैशाख।
अमेरिकाले  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिदै आएको अनुदान रोक्ने निर्णय गरेको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले  मंगलवार यस्तो घोषणा गर्नु भएको हो ।

ट्रम्पले डब्लूएचओले  चीनमा फैलिएको कोभिड १९ को गम्भिरतालाई लुकाएको आरोप लगाउनु भयो । ट्रम्पका अनुसार संगठनले सही रुपमा काम गरेको भए महामारी बिश्व स्तरमा फैलदैन थियो र मर्नेहरुको संख्या पनि कम हुथ्यो ।

ट्रम्पले पत्रकार सम्मेलनमा आफनो प्रशासनलाईअनुदान रोक्न आदेश दिएको बताउनु भयो । डब्लूएचओले यो माहामारीको सम्बन्धमा पारदर्शिता नराखेको उहाँका आरोप छ ।

बिश्व स्वास्थ्य संगठनलाई सबै भन्दा बढी अनुदान दिने अमेरिकाले उसलाई पैसा किन दिने भन्ने बिषयमा बिचार गर्ने छ । हालै मात्र  डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेससले कोभिड १९ को बिषयमा राजनीतिक रंग दिनाले केवल मृत्युको तथ्याकं बढ्ने चेतावनी दिनु भएको थियो । 

यस अघि पनि ट्रम्पले बिश्व स्वास्थ्य संगठनलाई चीनको पक्ष लिएको आरोप लगाउनु भएको थियो ।  ट्रम्पले यो महामारी बुहान मै सीमित गर्न सकिन्थ्यो त्यो अनुसारको काम बिश्व स्वास्थ्य संगठनले  गर्न नसकेको आरोप लगाउनु भयो ।

 

त्यसो गर्न सकेको भए हजारौको ज्यान बच्थ्यो र बिश्वको अर्थब्यवस्थामा नोक्सानी हुने थिएन । यसैवीच संयुक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटेरेसले ट्रम्पको फैसला सही नभएको बताउनु भएको छ ।

 

बिश्व स्वास्थ्य संगठन वा अन्य मानवीय  संगठनहरुलाई दिदै आएको अनुदान रोक्ने यो उचित बेला नभएको उहाँले बताउनु भएको छ ।  उहाँले कोरोना बिरुद्धको लडाई जित्नकालागि बिश्व स्वास्थ्य संगठनलाई  सहयोग दिनु पर्छ भन्नु भएको  । 


चीन जतिवेला कोरोना भाइरस संक्रमणको बिरुद्ध लडिरहेको थियो त्यतीबेला अमेरिकी राष्ट्रपती “चीनीया भाइरस” भन्दै चीनको खिल्ली उडाउनमा ब्यस्त रहे ।

 

चीनले बुहान लकडाउन गर्दा पश्चिमाहरुले अभिब्यत्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा मा अथ्र्याए । चीनले लकडाउन गर्यो कोरोना बिरुद्धको मोर्चामा उसले सफलता हात पार्यो अमेरिकी राष्ट्रपती ट्रम्प अमेरिका बन्दकालागि बनेको होइन भन्दै अठ्डहास लिदै हुनुहुन्थ्यो ।

 

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले २४ जनवरीमा ट्वीट गरेर कोरोना भाइरसको संक्रमण बिरद्ध लडिरहेको चीनको प्रशंसा गर्नु भएको थियो ।

 

अमेरिका चीनले गरिरहेको सबै कोशिस र पारदर्शिताको सराहाना गर्दछ भन्नु भएको थियो । तर अहिले राष्ट्रपती ट्रम्पले बिश्व स्वास्थ्य संगठनले चीनको तारिफदारी गर्दै कोरोना भाइरसको संक्रमणको गम्भिरतालाई लुकायोको आरोप लगाउदै हुनुहुनछ ।

 

 अमेरिकाले बिश्व स्वास्थ्य संगठनलाई हरेक वर्ष ४ देखी ५ सय मिलियन डलर अनुदान दिन्छ । चीनले वार्षिक ४० मिलियन डलर  अनुदान दिन्छ ।अमेरिकामा  बितेको २४ घण्टामा २ हजार ४ सय ७ जनाको मृत्यु भयो  ।

 

यो संगै अमेरिकामा मर्नेहरुको संख्या २६ हजार ४७ पुगेको छ । संक्रमीतहरुको संख्या २६  हजार ९ सय ४५ पुष्टि भयो । अमेरिकामा संक्रमीतहरुको संख्या छ लाख २६ हजार ६ सय ४ पुगेको छ ।

बिश्वमा  १९  लाख ९७ हजार ९सय ६ जना संक्रमीत छन ।। एक लाख २६  हजार ६सय ४ जनाको ज्यान गइसकेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.