logo

बिश्व स्वास्थ्य संगठनको अनुदान रोक्ने ट्रम्पको आदेश,अनुदान रोक्नु गलत भएको महासचिव एन्टोनियोको टिप्पणी

एजेन्सी 

      4/14/2020 गते 00 00 मा प्रकाशित     1642   पटक पढिएको

बीरगंज ३ बैशाख।
अमेरिकाले  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिदै आएको अनुदान रोक्ने निर्णय गरेको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले  मंगलवार यस्तो घोषणा गर्नु भएको हो ।

ट्रम्पले डब्लूएचओले  चीनमा फैलिएको कोभिड १९ को गम्भिरतालाई लुकाएको आरोप लगाउनु भयो । ट्रम्पका अनुसार संगठनले सही रुपमा काम गरेको भए महामारी बिश्व स्तरमा फैलदैन थियो र मर्नेहरुको संख्या पनि कम हुथ्यो ।

ट्रम्पले पत्रकार सम्मेलनमा आफनो प्रशासनलाईअनुदान रोक्न आदेश दिएको बताउनु भयो । डब्लूएचओले यो माहामारीको सम्बन्धमा पारदर्शिता नराखेको उहाँका आरोप छ ।

बिश्व स्वास्थ्य संगठनलाई सबै भन्दा बढी अनुदान दिने अमेरिकाले उसलाई पैसा किन दिने भन्ने बिषयमा बिचार गर्ने छ । हालै मात्र  डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेससले कोभिड १९ को बिषयमा राजनीतिक रंग दिनाले केवल मृत्युको तथ्याकं बढ्ने चेतावनी दिनु भएको थियो । 

यस अघि पनि ट्रम्पले बिश्व स्वास्थ्य संगठनलाई चीनको पक्ष लिएको आरोप लगाउनु भएको थियो ।  ट्रम्पले यो महामारी बुहान मै सीमित गर्न सकिन्थ्यो त्यो अनुसारको काम बिश्व स्वास्थ्य संगठनले  गर्न नसकेको आरोप लगाउनु भयो ।

 

त्यसो गर्न सकेको भए हजारौको ज्यान बच्थ्यो र बिश्वको अर्थब्यवस्थामा नोक्सानी हुने थिएन । यसैवीच संयुक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटेरेसले ट्रम्पको फैसला सही नभएको बताउनु भएको छ ।

 

बिश्व स्वास्थ्य संगठन वा अन्य मानवीय  संगठनहरुलाई दिदै आएको अनुदान रोक्ने यो उचित बेला नभएको उहाँले बताउनु भएको छ ।  उहाँले कोरोना बिरुद्धको लडाई जित्नकालागि बिश्व स्वास्थ्य संगठनलाई  सहयोग दिनु पर्छ भन्नु भएको  । 


चीन जतिवेला कोरोना भाइरस संक्रमणको बिरुद्ध लडिरहेको थियो त्यतीबेला अमेरिकी राष्ट्रपती “चीनीया भाइरस” भन्दै चीनको खिल्ली उडाउनमा ब्यस्त रहे ।

 

चीनले बुहान लकडाउन गर्दा पश्चिमाहरुले अभिब्यत्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा मा अथ्र्याए । चीनले लकडाउन गर्यो कोरोना बिरुद्धको मोर्चामा उसले सफलता हात पार्यो अमेरिकी राष्ट्रपती ट्रम्प अमेरिका बन्दकालागि बनेको होइन भन्दै अठ्डहास लिदै हुनुहुन्थ्यो ।

 

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले २४ जनवरीमा ट्वीट गरेर कोरोना भाइरसको संक्रमण बिरद्ध लडिरहेको चीनको प्रशंसा गर्नु भएको थियो ।

 

अमेरिका चीनले गरिरहेको सबै कोशिस र पारदर्शिताको सराहाना गर्दछ भन्नु भएको थियो । तर अहिले राष्ट्रपती ट्रम्पले बिश्व स्वास्थ्य संगठनले चीनको तारिफदारी गर्दै कोरोना भाइरसको संक्रमणको गम्भिरतालाई लुकायोको आरोप लगाउदै हुनुहुनछ ।

 

 अमेरिकाले बिश्व स्वास्थ्य संगठनलाई हरेक वर्ष ४ देखी ५ सय मिलियन डलर अनुदान दिन्छ । चीनले वार्षिक ४० मिलियन डलर  अनुदान दिन्छ ।अमेरिकामा  बितेको २४ घण्टामा २ हजार ४ सय ७ जनाको मृत्यु भयो  ।

 

यो संगै अमेरिकामा मर्नेहरुको संख्या २६ हजार ४७ पुगेको छ । संक्रमीतहरुको संख्या २६  हजार ९ सय ४५ पुष्टि भयो । अमेरिकामा संक्रमीतहरुको संख्या छ लाख २६ हजार ६ सय ४ पुगेको छ ।

बिश्वमा  १९  लाख ९७ हजार ९सय ६ जना संक्रमीत छन ।। एक लाख २६  हजार ६सय ४ जनाको ज्यान गइसकेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.