logo

चौथो राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको भव्य उद्घाटन,ठोरीलाई प्रथामिकतामा राखीदिन अधयक्षको मन्त्रीलाई आग्रह

 इसीमाना सम्वाददाता     २०८२ माघ १३ गते ०८: ४० मा प्रकाशित     493   पटक पढिएको

वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको आज भव्य रूपमा उद्घाटन गरिएको छ।

 

गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षता तथा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साकी सदस्य शुसिला बिक, गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मी, सबै वडाका वडाध्यक्षहरू, कार्यपालिका तथा वडा सदस्यहरू, ठोरीका छ वटै माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै  मन्त्री चौधरीले ठोरी गाउँपालिकाले प्रदान गरेको स्वागत र सम्मानप्रति मुक्तकण्ठले प्रशंसा गरे। उनले  खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए  ।

 

मन्त्री चौधरीलाई ठोरी गाउँपालिका परिसरमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूले भव्य स्वागत गरेका थिए।

 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले मन्त्री चौधरीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ठोरी गाउँपालिकालाई विकासका दृष्टिले विशेष प्राथमिकतामा राखेर अघि बढ्न अनुरोध गरे । उनले  खेलकुदमार्फत अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकास हुने विश्वास व्यक्त गरे ।

 

प्रतियोगिताको पहिलो दिन आज सटपुट, दौड तथा भलिबललगायतका खेलहरू सञ्चालन भएका छन्। आयोजकका अनुसार बाँकी खेलहरू भोलि र पर्सि सम्पन्न हुनेछन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.