logo

वीरगञ्ज–१८ भवानीपुरमा बर्थिङ सेन्टर सञ्चालनमा,सुरक्षीत सेवा प्रवाहमा सहयोग पुग्ने महानगर प्रमुख सिंहको बिश्वास

 इसीमाना सम्वाददाता     २०८२ पौष ४ गते ०७: २१ मा प्रकाशित     384   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं.१८ स्थित भवानीपुरमा आजदेखि बर्थिङ सेन्टर सञ्चालनमा आएको छ।

 

 सुरक्षित मातृत्व सेवा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त बर्थिङ सेन्टरको महानगर प्रमुख राजेशमान सिंहले एक कार्यक्रमकाबीच उद्घाटन गर्दै सेवाको शुभारम्भ गरेका हुन।

 

उद्घाटन समारोहमा बोल्दै महानगर प्रमुख सिंहले शहर केन्द्रित स्वास्थ्य सेवालाई ग्रामीण भेगसम्म विस्तार गर्ने लक्ष्यका साथ बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताए ।

 

उनले  स्वास्थ्य संस्थामै प्रसूती गराउन प्रोत्साहन गर्नु मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने प्रभावकारी उपाय भएको उल्लेख गरे।

 

“ग्रामीण क्षेत्रका गर्भवती महिलाले सामान्य प्रसूती सेवाका लागि पनि शहर धाउनुपर्ने बाध्यता हटाउन गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो,” प्रमुख सिंहले भने, “यसले स्थानीय महिलालाई समयमै र सुरक्षित सेवा प्राप्त गर्न ठूलो सहयोग पुग्नेछ।”

 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसहित बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले  यस केन्द्रबाट स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

 

त्यसैगरी वडा नं. १८ का वडा अध्यक्ष उमाशंकर तिवारीले बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै वडामै सामान्य प्रसूती सेवा उपलब्ध हुने र यसले स्थानीय नागरिकलाई ठूलो सहजता ल्याएको बताए ।


आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन पूरा भएपछि बर्थिङ सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। सेन्टरमा प्रि–डेलिभरी कक्ष, पोस्ट–डेलिभरी कक्ष, जाँच कक्ष, ड्रेसिङ रुम, प्रयोगशाला, स्टोर, प्रशासनिक कक्ष तथा शौचालयको छुट्टाछुट्टै व्यवस्था गरिएको छ।

 

यसअघि वीरगञ्ज महानगरपालिकाले वडा नं। २१ लिपनीविर्ता र वडा नं. २८ बगहीमा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइसकेको छ। वडा नं. २८ मा रहेको बगही स्वास्थ्य केन्द्रमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्रसूती तथा बाह्य रोग (ओपीडी) सेवा २४ सै घण्टा सञ्चालन हुने गरी स्तरोन्नति गरिएको छ।

 

वीरगञ्ज बजार क्षेत्रमा नारायणी अस्पताललगायत निजी अस्पताल तथा क्लिनिकहरूले विशेषज्ञ चिकित्सकमार्फत प्रसूती सेवा प्रदान गर्दै आएका छन्। महानगरपालिकाले शहरसँगै ग्रामीण क्षेत्रको स्वास्थ्य सेवालाई सन्तुलित रूपमा विस्तार गर्दै लगेको जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.