बीरगंज । बहुदरामाई नगरपालिका–५ भौराटारमा मोतियाबिन्दुका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया (अपरेशन) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूको टोलीले शल्यक्रिया सम्पन्न गरेको हो।
लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी तथा जोन चेयरपर्सन डा. लक्ष्मी थापाको सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा पोखरिया नगरपालिकासहित आसपासका क्षेत्रबाट आएका बिरामीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरमार्फत धेरैजसो मोतियाबिन्दु पीडित बिरामीहरूले नयाँ दृष्टि पाउने अमूल्य अवसर प्राप्त गरेको स्थानीय ब्यवस्थापक सामुदायिक आँखा केन्द्रका संयोजक महेशसिंह धामीले जानकारी दिए ।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सम्बन्धित निकाय, स्वास्थ्यकर्मी, आयोजक संस्था ‘जनमुखी युवा क्लब’ भौराटार, नेजामुद्दीन शमानी, आशा देवी तथा अन्य सहयोगी मनकारी व्यक्तिहरूप्रति आयोजकले आभार व्यक्त गरेका छन्।
यस प्रकारका मानवसेवी कार्यक्रमहरूले ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने लायन्स क्लब बीरगंजका बासु तिमिल्सीनाले विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया