logo

नारायणी अस्पतालमा क्यान्सरको उपचार हुने ,अंकलोजी वार्डको मंत्री पौडेलले गरे उद्धघाटन

 इसीमाना सम्वाददाता     २०८१ भदौ १८ गते ०५: ४१ मा प्रकाशित     1029   पटक पढिएको

वीरगञ्ज । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बीरगंजको नारायणी अस्पतालमा क्यान्सर वार्डको उद्धघाटन गरेका छन । उद्धघाटन संगै नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा शुरु भएको छ ।

वाको उद्धघाटन गर्दै मंत्री पौडेलले देशका सातवटै प्रदेशमा क्यान्सर रोगको उपचार सेवा विस्तार गर्ने क्रममा नारायणी अस्पतालमा पनि सुरु भएको जानकारी दिए ।


उनले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा शुरु भएकोमा सेवा प्रवाह बारे नागरिकले थाहा पाउने गरि समाचार प्रशारण ,प्रकाशन गरिदिन उनले संचारकर्मीलाई आग्रह गरे ।

 

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरे अनुसार कोशी अस्पताल बिराटनगर र मधेस प्रदेशको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा नियमित क्यान्सर उपचारसेवालाई शुरु गरेको हो ।

कार्यक्रममा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हक र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले क्यान्सर उपचार सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग, जनशक्ति व्यवस्थापन, र भौतिक पूर्वाधारको विकासबारे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

 

सम्झौताअनुसार भक्तपुर क्यान्सर अस्पतालले आवश्यक जनशक्ति, विशेषज्ञ तालिम, र प्राविधिक सहयोग प्रदान गर्नेछ भने नारायणी अस्पतालले भौतिक पूर्वाधार र उपकरणहरूको व्यवस्थापन गर्नेछ ।

मन्त्री पौडेलले अंगप्रत्यारोपण र मुटुको हर्ट सर्जरीको पनि सातै प्रदेशमा विस्तार गर्ने तयारी गरिरहेका बताए ।

सरकारी स्वास्थ्य संस्थामा सेवा सुविधा कम भएपनि आशा र अपेक्षा धेरै भएकोले बिरामीको सेवामा कुनैपनि कमी हुन नदिन उनले स्वास्थ्य कर्मचारीसंग आग्रह गरे ।


नारायणी अस्पतालमा क्यान्सर उपचार सेवाका लागि हाल ६ शैयाको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर एनामुल हकले जानकारी दिए ।

 

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्जवल चालिसेका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगका प्राय सबै उपचार सेवा उपलब्ध छ ।

नारायणी अस्पतालमा क्यान्सर रोगको स्क्रिीनिंग, डाइग्नोसीस्, केमोथेरापी, पालिटिएभ केयर, रेफरेल, काउन्सिलिंग लगायतका सेवा सुरु गरिएको छ ।

 

नारायणी अस्पतालमा सुरु क्यान्सर उपचार सेवाका लागि भक्तपुर क्यान्सर अस्पताल हालका लागि मेडिकल अंकोलोजिष्ट सहित दुई जना चिकित्सक खटाएको जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, स्वास्थ्य मन्त्रालयका गुणस्तर तथा मापन शाखा प्रमुख डाक्टर मदन कुमार उपाध्याय, वीरगञ्ज उपमहानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, कांग्रेस नेता शम्भु चौहान, वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल नेपाली, दिलिपराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.