logo

कोरोना भाईरसको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि 

      7/27/2020 गते 00 00 मा प्रकाशित     1133   पटक पढिएको

हिजो मृत्यु भएका ६५ बर्षीय भारतीय व्यक्ति बाहेक नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना भाईरसको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएको छ ।

हिजो मृत्यु भएका ६५ बर्षीय भारतीय नागरिकको हिजो साँझ नै संक्रमण पुष्टि भएको थियो । साउन ७, ८, ९ र १० गते स्वाब संकलन गरिएका मध्ये २ जना महिला स्वास्थ्यकर्मी सहित ७ जना स्वास्थ्यकर्मी, ९ जना पैसा तिरेर परीक्षण गराएका व्यक्ति र ३ जना सर्वसाधारण गरि १९ जना कोरोना संक्रमित थपिएको नारायणी अस्पतालाका मेडिकल सुपरीटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

 

संक्रमित हुनेहरुमा अस्पतालका कर्मचारी, क्वारेन्टिनमा बसेकाहरु, कन्ट्याक्ट ट्रेसिङमा परेका र पेड पीसीआर अर्थात आफैले पैसा तिरेर परीक्षण गराएका व्यक्तिहरु छन् । वीरगञ्ज– ६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

साउन ८ गते ज्यान गुमाएका ७० वर्षीय वृद्धको कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरुको सोही दिन पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

 

त्यसैगरि गण्डक अस्पतालका ३४ वर्षीय कर्मचारी र नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षीय कर्मचारी र वीरगञ्ज–१६ मिथिला नगर घर भई एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पेड पीसीआर अर्थात आफैले पैसा तिरेर परीक्षण गराएका वीरगञ्ज–१४ का ३० वर्षीय, वीरगञ्ज–१४ बहुअरी गण्डकका ३२ वर्षीय, वीरगञ्ज–११ राधेमाईका ४५ वर्षीय, वीरगञ्ज–२ छपकैयाँका २५ वर्षीय र सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँका ४० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

 

यसअघि पेड पीसीआर गराएका वीरगञ्ज–६ रेशमकोठीका ३२ वर्षीय पुरुषमा शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।  यस्तै पर्साको पर्सागढी नगरपालिकास्थित बढनिहार क्वारेन्टिनमा पाँच जना स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ र २८ वर्षीया दुई जना महिला  स्वास्थ्यकर्मी तथा ३७, ४२ र ४५ वर्षीय ३ जना पुरूष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

त्यसैगरी क्वारेन्टिनमा बस्दै आएका पर्सागढी–३ का ३५ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यसअघि पर्सा जिल्लामा २ सय ४० जना संक्रमति फेला परेका छन् । वीरगञ्ज स्थित नारायणी अस्पताल अन्तर्गतको अस्थायी कोरोना विशेष अस्पताल गण्डकको आइसोलेसनमा १० महिलासहित ५४ जना उपचाररत छन् । अधिकांश कोरोना संक्रमितमा लक्षण रहेको अस्पतालले जनाएको छ । ४ जना आइसीयुमा छन् । आइसोलेसन नहुँदा २७ जना संक्रमित घरमै बसेका छन् ।

 


यसैबीच कोभिड अस्पताल गण्डकमा हिजो बिहान मृत्यु भएका ६५ बर्यीय भारतीय नागरिकको शव स्थान अभावका कारण व्यावस्थापन हुन सकेको छैन । कोरोनका कारण मृत्यु भएका व्यक्तिको शव जमिनमा गाड्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड रहेकोले शव व्यावस्थापनका लागि स्थान अभावमf समस्या देखिएको हो ।

 

 

यसअघि मृत्यु भएका दुईजनाको शव नेपाली सेनाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३२ मा व्यावस्थापन गर्दा स्थानीयले विरोध गरेका थिए । त्यसैले अहिले शव व्यावस्थानका लागि स्थानको समस्या भएको नेपाली सेना चन्दननाथ गणका गणपति मदनजंग राणाले बताउनुभयो । शव व्यावस्थापनका लागि स्थानको खोजी भईरहेको र महानगरपालिकाका प्रमुख वीरगन्ज बाहिर रहनुभएकोले उहाँसँग पनि समन्वय भईरहेको जानकारी दिनुभयो । महानगर प्रमुख सरावगीले पनि शव व्यावस्थापनका लागि स्थानको व्यावस्था गरिदिने आश्वासन दिनुभएको कर्णेल राणाले बताउनुभयो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.