logo

कोरोना भाईरसको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि 

      7/27/2020 गते 00 00 मा प्रकाशित     1316   पटक पढिएको

हिजो मृत्यु भएका ६५ बर्षीय भारतीय व्यक्ति बाहेक नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना भाईरसको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएको छ ।

हिजो मृत्यु भएका ६५ बर्षीय भारतीय नागरिकको हिजो साँझ नै संक्रमण पुष्टि भएको थियो । साउन ७, ८, ९ र १० गते स्वाब संकलन गरिएका मध्ये २ जना महिला स्वास्थ्यकर्मी सहित ७ जना स्वास्थ्यकर्मी, ९ जना पैसा तिरेर परीक्षण गराएका व्यक्ति र ३ जना सर्वसाधारण गरि १९ जना कोरोना संक्रमित थपिएको नारायणी अस्पतालाका मेडिकल सुपरीटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

 

संक्रमित हुनेहरुमा अस्पतालका कर्मचारी, क्वारेन्टिनमा बसेकाहरु, कन्ट्याक्ट ट्रेसिङमा परेका र पेड पीसीआर अर्थात आफैले पैसा तिरेर परीक्षण गराएका व्यक्तिहरु छन् । वीरगञ्ज– ६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

साउन ८ गते ज्यान गुमाएका ७० वर्षीय वृद्धको कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरुको सोही दिन पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

 

त्यसैगरि गण्डक अस्पतालका ३४ वर्षीय कर्मचारी र नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षीय कर्मचारी र वीरगञ्ज–१६ मिथिला नगर घर भई एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पेड पीसीआर अर्थात आफैले पैसा तिरेर परीक्षण गराएका वीरगञ्ज–१४ का ३० वर्षीय, वीरगञ्ज–१४ बहुअरी गण्डकका ३२ वर्षीय, वीरगञ्ज–११ राधेमाईका ४५ वर्षीय, वीरगञ्ज–२ छपकैयाँका २५ वर्षीय र सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँका ४० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

 

यसअघि पेड पीसीआर गराएका वीरगञ्ज–६ रेशमकोठीका ३२ वर्षीय पुरुषमा शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।  यस्तै पर्साको पर्सागढी नगरपालिकास्थित बढनिहार क्वारेन्टिनमा पाँच जना स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ र २८ वर्षीया दुई जना महिला  स्वास्थ्यकर्मी तथा ३७, ४२ र ४५ वर्षीय ३ जना पुरूष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

त्यसैगरी क्वारेन्टिनमा बस्दै आएका पर्सागढी–३ का ३५ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यसअघि पर्सा जिल्लामा २ सय ४० जना संक्रमति फेला परेका छन् । वीरगञ्ज स्थित नारायणी अस्पताल अन्तर्गतको अस्थायी कोरोना विशेष अस्पताल गण्डकको आइसोलेसनमा १० महिलासहित ५४ जना उपचाररत छन् । अधिकांश कोरोना संक्रमितमा लक्षण रहेको अस्पतालले जनाएको छ । ४ जना आइसीयुमा छन् । आइसोलेसन नहुँदा २७ जना संक्रमित घरमै बसेका छन् ।

 


यसैबीच कोभिड अस्पताल गण्डकमा हिजो बिहान मृत्यु भएका ६५ बर्यीय भारतीय नागरिकको शव स्थान अभावका कारण व्यावस्थापन हुन सकेको छैन । कोरोनका कारण मृत्यु भएका व्यक्तिको शव जमिनमा गाड्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड रहेकोले शव व्यावस्थापनका लागि स्थान अभावमf समस्या देखिएको हो ।

 

 

यसअघि मृत्यु भएका दुईजनाको शव नेपाली सेनाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३२ मा व्यावस्थापन गर्दा स्थानीयले विरोध गरेका थिए । त्यसैले अहिले शव व्यावस्थानका लागि स्थानको समस्या भएको नेपाली सेना चन्दननाथ गणका गणपति मदनजंग राणाले बताउनुभयो । शव व्यावस्थापनका लागि स्थानको खोजी भईरहेको र महानगरपालिकाका प्रमुख वीरगन्ज बाहिर रहनुभएकोले उहाँसँग पनि समन्वय भईरहेको जानकारी दिनुभयो । महानगर प्रमुख सरावगीले पनि शव व्यावस्थापनका लागि स्थानको व्यावस्था गरिदिने आश्वासन दिनुभएको कर्णेल राणाले बताउनुभयो । 


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.