logo

पर्सामा निषेधाज्ञा फेरी थपियो,सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, संचालनमा रोक कायमै

      7/4/2021 गते 00 00 मा प्रकाशित     1095   पटक पढिएको

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतवार  पर्सा जिल्लामा सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिंग पुल, मनोरञ्जन स्थल, जिमखाना लगायतका भिडभाड हुने स्थानहरुलाई अर्को निर्णय नहुदा सम्मकालागि बन्द राख्ने आदेश जारी गर्नु भएको छ । 

त्यसैगरि शैक्षीक संस्थाहरु, विद्यालय, कलेज, ट्युशन सेन्टर आदिलाई पनि हाललाई बन्द राख्ने आदेशमा उल्लेख छ । पर्सा सीमासंज जोडिएको जिल्ला भएपनि बीरगंज रक्सौलमा रहेको इनर्वा नाकाबाहेक अन्य कुनै नाकाबाट ब्यक्तीको आवागमन नहुने ,सीमा वारपार गर्न नपाइने पसार्का प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदशेमा उल्लेख छ । यस अघि आइतवारे बसेको  


जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साको बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आन्तरीक सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने गरि पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिश गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी एवम् डिसिसिएमसीका संयोजक पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्डको पालना गरी पसल, होटेल एवम् रेष्टुरेन्ट कुल क्षमताको ५० प्रतिशत मात्र सञ्चालन गर्न दिने निर्णय गरे अनुसार नै प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा समेत सो कुरा उल्लेख छ । यो आदेशसंगै अव पर्साक होटेल तथा रेष्टुरेन्टहरु संचालनमा आउने छन । 


यसअघि निश्चित समयमा खुल्ने बजार पनि अब नियमित रुपमा खोल्न पाइने छ । बिहान १० बजेदेखि राति ८ बजेसम्म खोल्न पाइने पसलहरुको समयअवधि पनि हटाइएको छ । 


केही परिमार्जनसहित जारी निषेधाज्ञालाई अर्को निर्णय नआउँदासम्मका लागि कायम राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनु भयो  । ‘सार्वजनिक बस जिल्लाभित्र सञ्चालन गर्न पाइने तर लामो दुरीका यात्रुबाहक सवारी संचालनमा भने रोक कायमै रहेको छ । 

प्रमुख जिल्ला अधिकारी घिमिरेले घर बाहिर निस्कदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने । भीडभाडजन्य कार्य नगर्न सर्वसाधरणलाई आग्रह गर्नु भएको छ । ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.