logo

आपसी बिवाद र कलहका कारण  प्रदेश २ का ३१ स्थानीय तहले बजेट ल्याउन सकेनन 

      6/28/2021 गते 00 00 मा प्रकाशित     976   पटक पढिएको

प्रदेश २ मा १३६ मध्ये १०५ स्थानीय तहले मात्रै निर्धारित समयसीमाभित्र आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गरेका छन् ।

३१ वटा स्थानीय तहले भने नीति तथा कार्यक्रम ल्याए पनि आन्तरिक कलहका कारण समयमा बजेट ल्याउन सकेनन् ।  पर्सा जिल्लामा ७ वटा स्थानीय तहले असार १० मा सार्वजनीक गर्नु पर्ने बजेट नीति तथा कार्यक्रम सार्वजनीक गरेका छैनन । 
पर्साको  ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, धोबनी गाउँपालिका, विन्दवासीनी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिरा भवानी गाउँपालिका र कालिकामाई गाउँपालिकासहित ७ पालिकाले बजेट ल्याउन सकेनन् ।बाराका कुल ९ वटा गाउँपालिकामध्ये करैयामाई गाउँपालिकाले असार १० भित्र बजेट ल्याउन सकेन । 

 

सर्लाहीका  २ वटा स्थानीय तहले  प्रमुख प्रशासकीय अधिकृत नहुँदा  अगामी आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन् । मुलुकमै सबैभन्दा बढी अर्थात् २० स्थानीय तह रहेको जिल्लामा १८ स्थानीय तहले मात्र समयमै नगर तथा गाउँसभा गरी बजेट ल्याएका छन् । 

 

धनुषाका ३ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी जम्मा ५ वटा स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन् ।धनुषाका गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका र कमला नगरपालिकाले असार १० भित्र बजेट ल्याउन नसकेका हुन् । यस्तै जनकनन्दनी गाउँपालिका र धनौजी गाउँपालिकाले समेत बजेट ल्याउन सकेनन् ।

 

त्यस्तै सिरहाको १७ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहले मात्रै निर्धारित समयमा बजेट ल्याएका छन् भने ५ स्थानीय तहको नगर तथा गाउँसभा नै अन्योलमा परेको छ । कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।

 

त्यस्तै रौतहटका  ४ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।  बृन्दावन, गरुडा, देवाही गोनाही र बोधीमाई नगरपालिकाको भने समयमै बजेट ल्याउन नसकेका हुन ।

 

सप्तरीका १८ मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् भने ५ स्थानीय तहले बजेट ल्याउन सकेनन् । यता  महोत्तरीमा भने १५ वटै स्थानीय तहले समयमै बजेट ल्याएका छन् । महोत्तरीमा १० वटा नगरपालिका र ५ वटा गाउँपालिका छन् ।

 

स्थानीय सरकारले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ । स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अन्य जनप्रतिनिधि बीचको विवाद, प्रमुख प्रशासकीय अधिकृत नभएका जस्ता कारणले प्रदेशका ३१ वटा स्थानीय तहले समयमै बजेट ल्याउन नसकेको बताइएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.