logo

लायन्स क्लबको पदस्थापन सम्पन्न ,अस्पताललाई ४५ लाखको उपकरण उपलब्ध गराउने अग्रवालको घोषणा

      6/27/2021 गते 00 00 मा प्रकाशित     839   पटक पढिएको

लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस, सेन्ट्रल सिटी, जय गहवामाई र इनिसिएटिभको लायन वर्ष २०२१/२२ का लागि निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको संयुक्त रुपमा पदस्थापन सम्पन्न भएको छ ।  वीरगंजको दियालो लर्ड्स प्लाजा होटलमा पदस्थापना सम्पन्न भएको छ ।

 लायन्स क्लब ईन्टरनेशनलका पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई माला, अबिर र लायन्स क्लबको पिन लगाई आउने कार्यकालकालागि  शुभकामना दिनु भएको थियो ।

 अग्रवालले कोरोना भाइरसको तेश्रो लहरलाई मध्यनजर गर्दै लायन्स क्लबद्वारा छिट्टै नारायणी अस्पताल वीरगंजलाई ४५ लाख बराबरको मेडिकल उपकरण सहयोग गरिने बताउनु भयो ।

त्यसैगरि श्रीपुर मा.वि. वीरगंजमा अडिटोरियम निर्माण एवं वीरगंज महानगरपालिकासँग समन्वय गरि वीरगंजको काली मन्दिर अगाडी रहेको चिल्ड्रेन्स पार्कलाई लायन्स क्लबको संरक्षणमा रहने गरि मधुमेहका बिरामीहरुकोलागि अत्याधुनिक सुविधा सम्पन्न व्यायाम केन्द्र संचालन गरिने समेत बताउनु भयो ।

 लायन्स क्लबका डिष्ट्रीक्ट कोर्डिनेटर लायन देव चौधरी, डिष्ट्रीक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, डिष्ट्रीक्ट डेपुटी कोर्डिनेटर लायन आकाश सर्राफ, एरिया नम्बर २ का नोमिनेटेड एरिया चिफ लायन बासु तिमिल्सिनाले ग्रीन क्याम्पस, सेन्ट्रल सिटी, जय गहवामाई र इनिसिएटिभद्वारा लायन वर्ष २०२०र२१ मा गरिएका सामाजिक गतिविधिहरुको बारेमा चर्चा गर्दै नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई  शुभकामना दिनु भएको थियो ।

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन आश्मा सिंह यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रीन क्याम्पसको तर्फबाट लायन वर्ष २०२१र२२ कालागि निर्वाचित अध्यक्ष लायन किरण अग्रवाल, सेन्ट्रल सिटीको तर्फबाट अध्यक्ष लायन मिना देवी टिबडेवाल, जय गहवामाईको तर्फबाट अध्यक्ष लायन साजन साह कानु, इनिसिएटिभको तर्फबाट अध्यक्ष लायन आशिष सुरेकालाई नयाँ कार्यकालको लागि बधाई सहित पद हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लायन वर्ष २०२०र२१ को डिष्ट्रीक्ट डिपार्टमेन्ट चिफ लायन विजया ओझैया, जोन चेयरपर्सन लायन गुड्डी जोशी, जय गहवामाईकी अध्यक्ष लायन निला राम लगायत लायन्स क्लबका अन्य पदाधिकारी एवं सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण लायन्स क्लबका डिष्ट्रीक्ट डिपार्टमेन्ट मेम्बर लायन विजय कुशवाहा र धन्यवाद ज्ञापन लायन्स क्लबकी जोन चेयरपर्सन लायन गुड्डी जोशी जोशीले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.