logo

बीरगंजमा निषेधाज्ञा खुकुलो, पसलहरु संचालन हुने निजी सवारी नचल्ने , सीमा नाका बन्द राख्न डिसीसीएमसीको सिफारिश

      6/20/2021 गते 00 00 मा प्रकाशित     997   पटक पढिएको

पर्सामा गत बैशाख १६ देखी जारी रहेको निषेधाज्ञा खुकुलो भएको छ । बिहान १२ बजे सम्म संचालनमा रहेका पसलहरु अव असार ७ गते देखी बेलुका पाँच बजे सम्म खुल्ला रहने छन ।

 

कोरोनाको संक्रमणको दर कम भएपनि त्यसको संक्रमणको चेन नियन्त्रणमा निषेधाज्ञा प्रभावकारी भएको भन्दै डिसीसीएमसीको आजको बैठकले असार १३ गते राती १२ बजे सम्म निषेधाज्ञा राख्ने गरि पर्साका प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको बैठकका सहभागि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिनु भयो  ।


 व्यक्ति व्यक्तिका बीच कम्तीमा दुई मिटरको दुरी कायम गर्ने । भिडभाडजन्य कार्य नगर्न   भिड भाड नहुने गरी सरकारी, सार्वजनिक, निजी कार्यालय र निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गराउने निर्णय समेत बैठकले गरेको छ ।  सुरक्षाको मापदण्डको उचित ब्यवस्था सम्बन्धीत कार्यालयका प्रमुखले मिलाउने समेत निर्णय भएको छ ।

 

 सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस,स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र  संग्रहालय, अझैपनि बन्द रहने बैठकले निर्णय गरेको छ ।  

 

नित्य दैनिक पूजाआजा बाहेक मानिस जम्मा भेला भई धार्मिक स्थलहरुमा धार्मिक एवं साँस्कृतिक क्रियाकलापहरु गर्न पाईने छैन ।  

 

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने सवारी साधनहरु र  निजी दुई पाइग्रे बाहेक  तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न पाईने छैन ।

 

बिकास निर्माणका काम सुरक्षा मापदण्डा पुरा गरि संचालन गर्न पाइने , मृत्यु तथा बिवाह संस्कारमा दुई वटा सवारी साधन चलाउन पाइने , मृत्यु संस्कार, बिवाह, ब्रतबन्धरनामाकरण जस्ता सामाजिक कार्यमा बढीमा दुई  वटा  सम्म सवारी साधन सोही व्यहोराको ब्यानर लगाई प्रयोग गर्न सकिने छ ।

 

निर्माण सामाग्रीको दुवानी बेलुका ८ जे देखी विहान ८ जेसम्म गर्ने ।  खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल नियमित रुपमा सञ्चालन गर्ने र सो बाहेक अन्य सबै पसललहरु विहान १० बजे देखि दिउँसो ५  बजेसम्म संचालन गर्न पाइने छ ।  


 होटेल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्डहरुको परिपालना गरी टेक अवे सेवा र होम डेलिभरी गर्ने गरी सञ्चालन गर्न सकिने बैठकले निर्णय गरेको छ। बीरगंज ईनर्वा  नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

 

 जिल्लाको बीरगंज ईनर्वा सीमा नाकाबाट बिदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको र नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने बैठकले निर्णय गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.