logo

वीरगन्ज महानगरपालिका र रेडक्रसबीच रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि सम्झौता,प्रादेशीक स्तरको केन्द्र बनाईने

      6/17/2021 गते 00 00 मा प्रकाशित     885   पटक पढिएको

नेपाल रक्तसंचार केन्द्रको आधुनिक भवन निर्माणकालागि बीरगंज महानगरपालिकाले जमिन उपलब्ध गराएको छ ।

 

रक्त संचार केन्द्रको संचालक संस्था नेपाल रेडक्रस सोसाइटी पर्सा र बीरगंज महानगरपालिकावीच बिहिवार सम्झौता भएको छ । 


 वीरगन्ज महानगरपालिकाले रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्न दिने गरी नेपाल रेडक्रस सोसाईटी पर्साशाखासँग सम्झौता गरेको हो । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्बर २ मालपोत कार्यालय नजिकै रहेको किता नम्बर २१ र ५६ को खाली जग्गा रक्तसञ्चार केन्द्र वीरगन्जको भवन निर्माण गरी प्रयोग गर्ने गरी महानगरपालिका र रेडक्रस सोसाईटी पर्सा शाखाबीच बिहीबार सम्झौता भएको महानगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो  ।

 

महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीको उपस्थितमा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला र नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलबीच रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्ने सम्झौता भएको छ ।

 

वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकाको गत वर्ष माघ १३ गते भएको निर्णय बमोजिम कित्ता नम्बर २१ र ५६ को खाली जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई रक्तसञ्चार केन्द्रको भवन स्थापना गरी प्रयोग गर्न  उपलब्ध गराएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।

 

सम्झौतामा भवन निर्माण गर्दा वीरगन्ज महानगरपालिकाबाट नक्सा पास गराएर मात्रै निर्माण गर्नुपर्ने, भवन निर्माणको लागि लाग्ने खर्च रेडक्रस सोसाईटी आपैmले स्रोत जुटाउनुपर्ने, भवन निर्माण गर्दा भुईतल्लाको पूरै भाग सवारी पार्किङ्गको लागि राख्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै पार्किङ्ग शुल्क पहिलो पक्ष महानगर र दोश्रो पक्ष नेपाल रेडक्रसबीचको सहमतिमा निर्धारण गर्ने, पार्किङ्ग शुल्क बापत उठेको रकम पार्किङ्ग व्यावस्थापन, रक्तसञ्चारको व्यावस्थापन तथा सामाजिक कार्यमा लगाउनुपर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

 

त्यसैगरी भवन निर्माणपछि रक्तसञ्चार केन्द्रको प्रयोजनका लागि बाहेक अन्य प्रयोजनका लागि महानगरपालिकाको सहमति विना लगाउन नपाईने, यदि त्यस्तो गरेको पाईएमा महानगरपालिकाले रेडक्रस सोसाईटीलाई जानकारी गराई सम्झौता रद्द गर्न सक्ने पनि व्यावस्था राखिएको छ ।

 

रेडक्रस सोसाईटीले रक्तसञ्चार केन्द्रको भवन निर्माण प्रयोजन समाप्त भएमा वा अन्यत्र सरेर गएमा उक्त भवन महानगरपालिकाको स्वामित्वमा स्वतः हस्तान्तरण हुने पनि सम्झौतामा भनिएको छ । रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि सूर्य नेपाल प्रालिले गतबर्ष नै १० लाख उपलब्ध गराईसकेको रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कडेँलले बताउनुभयो ।

 

उहाँका अनुसार रेडक्रस सोसाईटी केन्द्रले पनि केही रकम दिने आश्वासन दिएको बताउदै पर्सा, बाराका स्थानीय तहहरुलाई  पनि रक्तसञ्चार केन्द्र भवन निर्माणको लागि आग्रह गरिने बताउनुभयो ।

 

प्रदेश २ मा अहिलेसम्म प्रादेशिक रक्तसञ्चार केन्द्र समेत स्थापना नभएको अवस्थामा निर्माण हुन लागेको रक्तसञ्चार केन्द्रको भवनलाई नै प्रादेशिक स्तरको रक्तसञ्चार केन्द्र बनाउने पहल गरिने र  प्रदेश सरकारसँग पनि भवन निर्माणका लागि सहयोग माग गरिएको कडेलले बताउनुभयो । व रक्तसञ्चार केन्द्रको भवन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्डमा नै ख श्रेणी अन्तर्गतको बनाईने उहाँको भनाई छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.