logo

जसपा बिचित्र मोडमा यादव समूहले आधिकारिताको दाबी पेश गर्ने, ठाकुर समूह भने सल्लाहमा  

      6/15/2021 गते 00 00 मा प्रकाशित     1064   पटक पढिएको

सत्ता समीकरणको सवाललाई लिएर फुटको संघारमा पुगिसकेको जनता समाजवादी पार्टी (जसपा) को विवाद नयाँ मोडमा पुगेको छ ।

 


विभाजित दुई खेमाले एक अर्कालाई कारबाही गरेको निर्णय  निर्वाचन आयोगले आयोगले अवैधानिक ठहर गरेपछि जसपा विवादले नयाँ रुप लिएको हो ।

 


निर्वाचन आयोगको फैसलाले जसपाको पहिलो  अध्यक्ष महन्थ ठाकुर पक्षले राहतको महशुस गरेको भएपनि उपेन्द्र यादव समूह भने आयोगको फैसलाप्रति रुष्ट छ  । 

 


आयोगको फैसला बेठीक रहेको निष्र्कषमा पुगेको यादव भट्टराई समुह राजनीतिक तथा कानुनी प्रतिवादको तयारीमा छ । ठाकुर महतो पक्षले पक्ष आयोगको फैसलासंग असन्तुष्टी देखाएको छ ।


के छ उपेन्द्र समूहको तयारी ?


जसपाको आन्तरिक विवादमा आफ्नो पक्षमा फैसला आउने भनेर ढुक्क बसेका उपेन्द्र समूहको त्यो आसा ३० जेठको आयोगको निर्णयपछि बदलियो । 


अर्थात् निर्वाचन आयोगले जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले गरेको कारबाहीलाई अस्वीकार ग¥यो । आयोगकोे बैठकले दुवै पक्षले बहुमतको आधार देखाउदै एक अर्कोलाई गरेको कारबाहीलाई अमान्य भनेको हो । 


यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो । यादव पक्षले राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गरेको थियो। त्यसैगरी महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई निष्कासन गरेको थियो ।


आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २५ को उपनियम ६ बमोजिम जसपा पदाधिकारीको विवरण साबिककै रहने निर्णय समेत गरेको छ ।


आयोगको यो फैसलापछि अहिले उपेन्द्र समूह कानुनी छलफलमा ब्यस्त छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आयोगको फैसला अनुचित छ,तर हामी सम्मान गर्छौ भन्नु भएको छ । उहाँले भन्नु भयो “ यसको मतलब आमी चुप लागेको छैनौं कानुनविद्संग सल्लाह गर्दछौं” । सबै सम्भावना खुल्ला छ, त्यसैले जुनसुकै बाटोमा जान सक्छौं।’


निर्वाचन आयोगले दोस्रो पत्र पठाएर आधिकारिताको दाबी पेश गर्न संकेत गरेको छ । राजनीतिक दलसम्बन्धीको दफा ४३ र ४४ बमोजीम आयोगले आधारिकताको दाबी पेश गर्न भनेपछि अहिले यादव पक्ष त्यसको जवाफ दिने तयारीमा रहेको अर्का नेता राजेन्द्र श्रेष्ठले बताउनु भयो  ।

ठाकुर पक्ष पनि असन्तुष्ट


उपेन्द्र समूह जस्तै निर्वाचन आयोगको फैसलासंग महन्थ पक्ष पनि सन्तुष्ट छैनन ्। ठाकुर पक्षका नेता एवम भूमि व्यवस्था तथा सहकारी मन्त्री लक्ष्मणलाल कर्णले निर्वाचन आयोगले ऐन कानुन बमोजीम गरेको फैसलाप्रति असन्तु्ष्टि रहेको जनाउ दिनु भयो  । पार्टीको प्रथम अध्यक्षले कारबाहीको सिफारिस गरेको थियो,त्यो हैसियतले कारबाहीको पक्षमा निर्णय आउनुपथ्र्यो उहाँले भन्नुभयो तर आएन,त्यसैले यो फैसलाप्रति हाम्रो विमति छ ।’ पार्टीभित्र छलफल गरेर अर्को रणनीति तय हुने उहाँकोे भनाइ छ ।  


पार्टीभित्र छलफल भइरहेको छ,त्यो निर्णय आएपछि त्यही अनुसार उपचार खोज्ने तयारी मा ठाकुर पक्ष लागेको कर्णले बताउनु भयो । उहाँले जसपा बिभाजीत भएकै हो भनेर राखिएको जिज्ञासामा उहाँले जसपालाई भविष्यवेत्ताले पनि जोगाउन कठिन रहेको टिप्पणी गर्नु भयो । 


विवाद किन ? 


२३ फागनुमा सर्वोच्च अदालतले नेकपालाई साबिककै दलमा ब्यूँताइदिएपछि जसपा सत्ता सहकार्यमा निर्णायक शक्ति बन्न पुगेको थियो । त्यसैले प्रधानमंत्री ओली र बिपक्षी गठबन्धनको माया पनि हवात्तैै  बढ्न थाल्यो । 
यही मायाका कारण जसपा एक भएको वर्ष दिन नपुग्दै  दुई खेमामा विभाजित भयो  ।

 

अन्ततः यो सिलसिलाको कलाइमेक्स त्यतीखेर छताछुल्ल भयो जव  ठाकुर पक्षका १० नेताहरु जेठको अन्तिम साता ओली सरकारमा सहभागी भए ।  जसपाको आन्तरिक विवाद सतह मै आइपुग्यो । त्यसपछि जसपामा सुरु भयो–एक अर्कालाई कारबाहीको युद्ध । 


सुरुमा उपेन्द्र समूहले ठाकुर पक्षका चार नेतालाई कार्यकारिणी समितिको बहुमतबाट कारबाही गरिएको भन्ने निर्णयसहित निर्वाचन आयोगमा पत्रसमेत दर्ता गरायो  । यसको केही घण्टामै प्रतिउत्तर दिदै ठाकुरले प्रथम अध्यक्षको हैसियतले उपेन्द्र यादवलाई नै पार्टी बाहिरको बाटो देखाई दिए । तर निर्वाचन आयोगले दुवै कारवाही अमान्य घोषीत गरे पछि बिचित्रको सकसमा जसपा पनि परेको छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.