logo

पर्सामा बैशाख १६ देखी जारी निषेधाज्ञा जारी,  असार ६ गते सम्मकालागि छौठौ पटक अवधी थप 

      6/13/2021 गते 00 00 मा प्रकाशित     1001   पटक पढिएको

 जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले असार ६ गते राती १२ बजे सम्मकालागि निषेधाज्ञाको अवधि थप गर्न पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिश गरेको छ ।

 

बैशाख १६ गतेदेखि पर्सा जिल्लामा निषेधाज्ञा जारी छ । छैठो पटक निषेधाज्ञाको अवधी थप गर्नकालागि प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिश गरिएको  डिसिसिएमसीका सदस्य एवम् नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिनु भयो  ।

 

जिल्ला स्थित सुरक्षा निकायको बैठक जिल्ला प्रशासन कार्यालय पर्सामा जारी छ । यही बैठक बाट जेठ ६ गते सम्मकालागि निषेधाज्ञाको अवधी थपिएको प्रमुख जिल्ला अधिकारी पिताम्र घिमिरेले जानकारी दिनु भयो । 

कोभिड(१९ संकट व्यवस्थापन अध्यादेशको दफा, ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भर २०७८ जेठ ३०  गते राती १२.०० बजे देखि मिति २०७८असार ६ गते  राती १२.०० बजेसम्म लागु हुने गरी निषेध आदेश लाई निरन्तरता दिइएको छ पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले जारी गर्नु भएको आदेशमा उल्लेख छ ।

 

डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा आइतवार बसेको बैठकल निषेधाज्ञाको अवधि थप गर्न सिफारिश गरेको हो ।

 

विगतको तुलनामा संक्रमण दर घटेपनि निषेधाज्ञा हटाए पुनः  संक्रमण बढ्न सक्ने हुँदा अहिले नै निषेधाज्ञालाई निरन्तरता दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

 

अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नदिनुका साथै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न दिइने छैन  ।

खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन नगर्ने तर दैनिक खाद्य वस्तुका पसलहरु, कृषि र भेटनरी सम्बद्ध {बीउबीजन लगायतका} पसलहरु, निर्माण सामाग्रीका पसलहरु, वर्कसप, विहान १२.०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरीरगराई खोल्न पाईने छ । तर सो समयको अतिरिक्त तरकारी, फलफूल, पानी, दुघ तथा दुधजन्य पदार्थ लगायतका खाद्यवस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा नपर्ने आदेशमा उल्लेख छ।

मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा बढीमा २ वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर प्रयोग गरी प्रयोग गर्न सकिने छ । विवाह, ब्रतबन्ध÷नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १० जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गरी गर्न सकिने छ । होटेल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न÷गराउन पाइने छैन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.