logo

आचार सहिता उल्लंघन भएको प्रति सरोकारवाला चिन्तित, संकटको बेलामा काउन्सिलको सहयोगको अपेक्षा

      6/6/2021 गते 00 00 मा प्रकाशित     987   पटक पढिएको

माहामारीको बेलामा पत्रकारहरु , संचार माध्यम र आचार संहिता पालनको अवस्थाको बिषयमा प्रदेश २ का पत्रकारहरुकावीमा भर्चुल अन्तरक्रिया सम्पन्न भएको छ ।

 

महामारीका कारण संचार माध्यम र पत्रकारहरुले सामना गर्नु परेका समस्याहरुको बारेमा समेत अन्तरक्रियामा छलफल भएको थियो । 


कार्यक्रममा प्रेस काउन्सिलका नव नियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलको तर्फबाट  संचार माध्यम र संचारकर्मीलाई सहयोग उपलब्ध गराउने कुरामा आफनो ध्यान जाने बताउनु भयो ।

 

अध्यक्षको कार्यभार सम्हाल्ने बित्तिकै प्रदेश २ का साथीहरुसंग कार्यक्रममा जोडिन पाएकोमा उहाँले खुशी ब्यक्त गनुृ भयो ।

 

उहाँले संचार माध्यम पत्रकारहरु र अहिले कोरोना संक्रमण परेर उपचार गराई रहनु भएका पत्रकारहरुलाई काउन्सिलको तर्फबाट सहयोग गर्दै सरकारबाट पनि सहयोग उपलब्ध गराउने दिशामा आफनो पहलकदमी हुने बताउनु भयो । 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिब दिपेन्द्र चौहानले संकटका बेलामा संचारकर्मीहरु बाँच्ने अवस्थाका सृजना  गर्न प्रेस काउन्सिलको ध्यानाकर्षण गराउनु भयो ।

 

उहाँले नयाँ पुस्ताका पत्रकारहरुले आचार र्सिहता उल्लंघन गरेको प्रति काउन्सिलको ध्यानाकर्षण गराउदै चेतनामुलक प्रभावकारी कार्यक्रम संचालन गर्न सुझाव दिनु भयो । उहााले साना लगानीका छापा माध्यमको लोककल्याणकारी बिज्ञापनको रकममा १० प्रतिशत कट्टा गर्ने सरकारी नीति साना लगानीका संचार माध्यमहरुको हितमा नरहेको प्रष्ट पार्नु भयो । 


 कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के .सी. लामिछानेले नेपाली पत्रकाहरुको पेशागत  सुरक्षा र भौतीक सुरक्षा प्रथामिकताका बिषय हुन महामारीको बेलामा पनि यही कुराले सबैलाई चिन्तित बनाएको बताउनु भयो ।

 

आचार संहितको उल्लंघनले पत्रकारहरु आफै असुरक्षीत हुने भएकोले आफैले बनाएको संहिता पालनामा पत्रकारहरु जिम्मेवार हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।

 

कार्यक्रममा प्रेस कान्सिलका  सचिव झविन्द्र भूसाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह त्यसैगरी प्रदेश अध्यक्ष राजेक कर्ण उपाध्याक्ष रामानन्द प्रसाद गुप्ता, कोषाध्याक्ष विश्वनाथ ठाकुर, नेपाल पत्रकार महासंघका पूर्ब मध्यमाञ्चल संयोजक महेश दास शाखा अध्यक्षहरु अनुप तिवारी, प्रेमचन्द झा, टंक क्षेत्री, श्रवण कुमार देब,  एकोर्याबका प्रदेश २ का सचिब अच्युत पौडेल, बरिष्ठ पत्रकारहरु शत्रुघन नेपाल, महेशचन्द्र गौतम, बिजय कुशवाहा, महासंघ पर्साका सचिब भुषण यादब, रामहरी थपलिया, शेख सज्जाद हुसेन, अवधेश कामत लगायत ३ दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

बैठकमा काउन्सिलका सचिब झविन्द्र भूसालले ले काउन्सिलको बर्तमान अवस्थाका बारेमा धारणा राख्नुभएको थियो । काउन्सीलका सदस्य लालबाबु शेखको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संयोजन तथा संचालन नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिब श्याम बन्जाराले गर्नुभएको थियो ।


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.