logo

बालवालिकाको खाजा समेत छाडदैनन भ्रष्टलेः बीरगन्ज महानगरका कर्मचारीलाई ६०/ ४० गरि भाग शान्ति झ्वाम

      6/6/2021 गते 00 00 मा प्रकाशित     1579   पटक पढिएको

विद्यालयमा विद्यार्थीहरु टिकाउनकालागि सरकारले सबै सरकारी विद्यालयमा दिवा खाजाको सुविधा दिएको छ ।
सरकारी विद्यालयमा कम भर्ना हुने र बीचैबाट विद्यालय छाडेर जाने प्रवृति बढ्दै गएपछि विद्यार्थी टिकाइ राख्नका लागि सरकारले दिवा खाजा कार्यक्रम संचालन गरेको हो । सरकारले यो सुविधा प्राथमिक तहसम्मका विद्यार्थीहरुलाई दिएको छ । 

 


तर सरकारले राम्रो उद्देश्यले ल्याएको यो कार्यक्रममा पनि खुलेआम भ्रष्टचार भइरहेको पाइएको छ,त्यो पनि सरकारी कर्मचारीबाटै । तर सम्बन्धीत निकाय मौन छ । 


अनुगमन तथा कारबाही गर्ने निकाय नै मौन बसेपछि यो झन शंकास्पद बनेको छ । यो घटना हो,बीरगन्ज महानगरपालिकाको ।


बीरगन्ज महानगरपालिकामा अहिले धमाधम दिवा खाजाबापत दिने रकम निकासा भइरहेको छ । आर्थिक वर्ष सकिन लाग्दा बजेट सिध्याउने उद्देश्यले खाजा कार्यक्रम संचालन नगरि पैसा पनि निकासा गरेर कुम्लयाउने काम भएको छ ।


स्रोतका अनुसार बीरगन्ज महानगरपालिकाका कर्मचारीहरुले लेनदेनको आधारकमा कागजी प्रक्रिया पूरा गरेर संचलान नै नभएको कार्यक्रम अन्तर्गतको दिवा खाजाको रकम निकासा गरेका छन् ।
 

बीरगन्ज महानगरपालिकाले अहिले आफ्नो नगरभित्र पर्ने सबै प्राथमिक तहका विद्यालयहरुमा दिवा खाजाबापत दिने रकम धमाधम निकासा गरिरहेको छ ।

 

नगरको क्षेत्रमा रहेको ८९ वटा विद्यालयमा यो रकम पठाइएको छ । प्रति विद्यार्थी १५ रुपैयाँका दरले महानगरपालकिाले विद्यालयमा रहेको विद्यार्थी संख्याको आधारमा सम्बन्धीत विद्यालयमा रकम पठाएको छ । 


फागनु र चैत महिनामा विद्यालय संचलान भएको रजिष्टरमा देखाउँदै महानगरपालिकाले दिवा खजाको रकम निकासा गरेको दिवा खाजाबापत रमक पाएका एक विद्यालयका प्रधानाध्यापकले जनाए । उनका अनुसार यो रकम कागजीरुपमा सबै प्रक्रिया पूरा गरेर विद्यालयमा पठाइएको छ। ‘तर वास्तविकरुपमा दिवा खाजा खुवाइएको छैन,’ उहाँले भन्नु भयो  ।


नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप कुमार जैसवाल पनि यो कुरासंग विमति नरहेको प्रतिक्रिया दिनु भयो । ‘खाजा खुवाउदा पहिले नै पैसा आउछ,त्यसपछि विद्यालयले खाजा खुवाउने गरेको छ ।

 

तर यो बीचमा महानगरबाट मौखिक रुरुपमा खाजा खुवाउने प्रस्ताव आयो,जसमा शंका लाग्यो उहाँले भन्नुभयो । तैपनि केहीले खुवाए,कतिपयले किनकि सबैलाई डर थियो,पैसा आउँछ कि आउँदैन्।’ तर अहिले दुई महिनाको रकम भने भने सबै विद्यालयमा आएको छ । यो दुई महिनामा मात्रै महानगरबाट दिवा खाजाबापत १ करोड भन्दा बढी रकम निकासा भएको छ।


विद्यालयहरु संचालन रहँदा पनि त्यो वेला भने महानगरपालिकाले रकम पठाएको थिएन्। रकम नपठाएसम्म विद्यालयले दिवा खाजा खुवाउँदैन् पनि । महानगरले यो वर्ष दिवा खाजाबापतको रमक नपठाउने तयारीमा पनि थियो । 


तर आर्थिक वर्ष सकिन लाग्दा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कार्णको समन्वयमा यो रकम एकाएक निकासा भएको छ । स्रोतका अनुसार शैक्षिक महाशाखा प्रमुख कर्णले कार्यकारी प्रमुख प्रदीप निरौलासंग सबै तालमेल मिलाएर रमक निकासा गराएका हुन् ।

 


रकम पाएका एक विद्यालयका प्रधानाध्यापक भन्छन,‘ यो रकम आउने आसा थिएन,तर कर्ण सरले यो सबै मिलाउनु भयो । अनि रकम पनि आयो । निकासा भएको रकमको ६० प्रतिशत आफूहरुले लिने र ४० प्रतिशतमात्रै  विद्यालयलाई दिने भन्नु भयो। यही सहमतिको आधारमा रकम आयो।’ 

 


तर महानगरले यो कुरामा वास्तविकता नभएको प्रतिक्रिया दिएको छ। महानगरपालिकाका लेखा शाखामा कार्यरत राजन दासले दिवा खाजा खुवाएकै विद्यालयहरुमा रकम गएको उहाँको प्रतिक्रिया छ । उहाँका अनुसार फागुन र चैतमा खाजा खुवाएका विद्यालयहरुमा मात्रै खाजा  बापतको रकम गएको छ ।
 


बीरगन्ज महानगर प्रमुख विजय सरावगीले यो बारेमा आफूलाई थाहै नभएको जानकारी दिनु भयो । दिवा खाजाको रकम त अहिले नजानु पर्ने हो,किनकि डेढ महिना भन्दा बढीदेखि नै विद्यलायहरु बन्द नै छन उहाँले भन्नुभयो । कसरी गयो,म छानविन गर्छु ।’ 

 


यता बीरगन्ज महानगरपालिकाका प्रमुख कार्यकारिणी अधिकृत प्रदीप निरौलाले त्यस्तो चलखेल नभएको जानकारी दिनुभयो ए । तैपनि सम्बन्धीत शाखा प्रमुखसंग सोधखोज गरेर छानविन गर्ने उहाँको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.