logo

ठोरीका खड्काकोे सगरमाथा आरोहण सफल, बीरगंज र ठोरीको नाम सर्वोच्च शिखर सगरमाथामा

      6/3/2021 गते 00 00 मा प्रकाशित     1814   पटक पढिएको

पर्साको ठोरी गापा   ५ , सुवर्णपुरका हरेराम खड्काले सगरमाथा आरोहण गर्नुभएको छ।  खड्काले गत मङ्गलबार बिहान १० बजे सगरमाथा आरोहण गर्न सफल हुनुभएको हो।

सन् २००५ देखि ट्रेकिङ गाइडका रुपमा काम गर्दै आइरहनुभएका खड्काले भारतीय र नेपालीहरुको करीब ३० जनाको समुहसंगै गत जुन १ तारिखका दिन विश्वकै सर्वोच्च शिखर आरोहण गर्न सफल हुनुभएको टेलिफोन मार्फत जानकारी दिनुभएको छ।

 

सगरमाथा आरोहण गर्न सफल ठोरीका खड्काले बीरगंज महानगरपालिका र ठोरी गाउँपालिकाको नाम अङ्कित ब्यानर चुचुरोमा फहराउनुभएको खड्काले बताउनुभयो।

 

यस बर्ष प्रतिकुल मौसमका कारण धेरै विदेशी पर्यटक चुचुरो नपुगेर आधार शिबिरबाट फर्किएको खड्काले जानकारी दिनुभयो । यद्यपि २ दिन मौसम अनुकुल बन्दा आफुहरु चुचुरोमा पुग्न सफल भएको उहाँले बताउनुभयो।

सगरमाथा आरोहण पश्चात् चुचुरोबाट नजिकै रहेको अन्तिम आधार शिबिर आइपुग्नुभएका खड्काले सगरमाथा आरोहण गरेको जानकारी बीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सराबगी र ठोरी गापाका अध्यक्ष पदमलाल श्रेष्ठलाई फोन मार्फत गराउनुभएको थियो।

 

यस अघि दुबै पालिकाले खड्कालाई सगरमाथा आरोहण गर्नका लागि आर्थिक सहयोग गरेका थिए। खडकालाई बीरगंज महानगरले रु २ लाख ५० हजार र ठोरीले रु २ लाख सहयोग गरेको थियो। गत चैत २९ गतेदेखि सगरमाथा आरोहणको यात्रा आरम्भ गरेका खड्काले ५० दिनभन्दा भन्दा बढी समय लगाएर सगरमाथाको चुचुरोमा पाईला राख्न सफल हुनुभएको हो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.