logo

कोरोना भाइरसको संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा प्रभावकारी,जेठ ३० गते राती १२ बजे सम्मकालागि अवधी थपियो 

      6/2/2021 गते 00 00 मा प्रकाशित     830   पटक पढिएको

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा लगाइएको निषेधाज्ञालाई जेठ ३० गतेसम्म निरन्तरता दिइने भएको छ ।  

 

जिल्ला कोभिड व्यवस्थापन समितिकोे बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरे अनुरुप पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निषेधाज्ञा थपको आदेश गर्नु भएको हो । बव जेठ ३० गते बेलुका १२ बजे सम्म निषेधाज्ञा कायम रहने छ । 

कोरोना संक्रमणको श्रृंखला तोड्न निषेधाज्ञा उपयोगी देखिएकोले जेठ ३० गते राति १२ बजेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भयो ।


कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको छ । एक महिनाभन्दा बढी समय निरन्तर निषेधाज्ञा जारी राख्दा व्यापार व्यवसाय चौपट भएको भन्दै कतिपयले खुकुलो गर्न माग गर्दै आएका छन् भने पछिल्ला दिनमा निषेधाज्ञाको अवज्ञा गर्ने क्रम पनि बढेको छ ।

बैठकले कोभिड–१९ महामारीको समयमा जेठ १९ गतेसम्म शव व्यवस्थापनका लागि खर्च गरिएको ३ लाख ७१ हजार ६१५ रुपैयाँ, क्वारेन्टिन र होल्डिङ सेन्टर व्यवस्थापनमा खर्च गरिएको ७६ हजार १ सय रुपैयाँ र अनुगमन र कन्ट्याक्ट ट्रेसिङ लगायत कार्यमा सवारी साधनको इन्धनका लागि २ लाख ८ हजार ८६० रुपैयाँ गरी जम्मा ६ लाख ५६ हजार ५७५ रुपैयाँ खर्च समर्थन गर्ने निर्णय समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.