logo

कोरोना विरुद्धको खोप खरिदकालागिवीरगन्जमहानगरपालिकाको अनुमति माँग

      5/24/2021 गते 00 00 मा प्रकाशित     940   पटक पढिएको

सरकारले सबै नागरिकलाई सहज रुपमाखोप उपलब्ध गराउन नसकेपछि स्थानीय तह र निजीक्षेत्रले खोप खरिदको अनुमतिमाग गरेको छ ।


स्थानीय सरकारको हैसियतमा पहिलो पटक कोरोना परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरेको वीरगन्जमहागनरपालिकाले दोश्रो चरणको कोरोना लहरमा कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार पत्राचार गर्दै महानगरपालिकाले १ लाख नागरिकलाई लगाउन खोप खरिद कालागि अनुमति मागेको महानगर प्रमुख बिजय  सरावगीले बताउनु भयो ।


कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्य सहित खोप खरिदकालागि सरकारसँग अनुमति माग गरिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो ।उहाँका अनुसार अमेरिकी कम्पनी फाईजर र रसियन खोप स्पुतनिक–५ खोप राम्रो छ ।

 

सरकारले अनुमतिदिए मगाएर नगरबासीलाई लगाउने नगर प्रमुख सरावगीले बताउनु भयो । उहाँले भन्नुभयो, खोपले नागरिक बचाउन सकिन्छ भने ५÷७ करोड खर्च गरेर खोप आउँछ, किनखर्च नगर्ने ?भनेर अनुमति मागेका हौं ।’


खोप उत्पादन गर्ने देशमा कम्पनीहरुले नै खोपको डिल गरिरहेको र आफूसँग ती कम्पनीसँग डिल गर्न सक्ने संयन्त्र रहेको उनको भनाइ छ । महानगरपालिकाले नेपाल सरकारले तोकेको नियम अनुसार नै खोप खरिद र प्रयोग गर्ने उहाँले बताउनुभयो । आमजनताको जीवन रक्षाकालागि खोप मात्र कोभिड विरुद्धको लडाई जित्न सक्ने अस्त्र बनेको छ । 


समुदाय स्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा लक्षणसहितका संक्रमित बढी देखिएको छ । अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या धेरै छ । अस्पतालमा आईसीयू, भेन्टिलेटरको अभाव देखिएको छ ।

 

सबै नागरिकसम्म खोप पु¥याउन सरकारको तर्फबाट भएका प्रयास ठोस प्रभावकारी हुन नसकेको भन्दै महानगरले स्वास्थ्य मन्त्रालयमा खोप खरिदको अनुमित माग गर्दै पत्र पठाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.