logo

पर्सामा निषेधाज्ञा जेठ १३ सम्म लम्बिने, अक्सिजन प्लान्टको निर्माणकालागि ताकेता गर्ने

      5/19/2021 गते 00 00 मा प्रकाशित     991   पटक पढिएको

 पर्सामा जारी निषेधााज्ञाको अवधि जेठ १३ गतेसम्म लम्बिने भएको छ  । बुधवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई चौथोपटक लम्ब्याउँन पर्सा प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

 

जिल्ला  सुरक्षा समितिको बैठकले आजै यो सिफारिशलाई अनुमोदन गर्ने जिल्ला प्शासन कार्यालय पर्सा सम्बद्ध स्रोतले जनाएको छ ।
बैठकले नयाँ भेरियन्टको कोरोना भाइरसको  संक्रमणलाई रोक्न निषेधाज्ञा प्रभावकारी भएको समिक्षा गर्दै निषेधाज्ञाको समय बढाउन सिफारिश गरेको हो । 

 


निषेधाज्ञा जेठ १३ गते राति १२ बजेसम्म जारी राख्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिनु भयो  ।

डिसीसीएमसीको बैठकले बीरगंजमा अस्पताललहरुले दिएको सेवा बापत लिएको शुल्कका बारेमा अनुगमन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयलाई सरोकारवाला समहुले यो भन्दा अघिदेखी नै अस्पताललहरुले लिने शुल्कका समबन्धमा जानकारी गराएका थिए । अनुगमन गरिएको तर प्रभावकारी अनुगमन नभएको भन्दै आलोचना भइरहेको बेलामा डिसीसीएमसीले समेत अस्पतालहरुले लिने शुल्कका बारेमा अनुगमन गर्ने निर्णय गरेको हो । 


बैठकले गृहमन्त्रालयमातहतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले गरेको परिपत्रअनुसार जिल्लास्थित अस्पतालहरुमा आवश्यक्ता र प्राथमिकताको आधारमा अक्सिजनको आपुर्ति गर्ने  निर्णय गरेको छ ।

त्यसैगरी नारायणी अस्पतालमा अक्सिजन प्लान्टको स्थापनाका लागि टेण्डर प्रक्रिया सम्पन्न भइ सम्झौता भइसकेको हुँदा सम्बन्धित निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न ताकेता गर्ने पनि बैठकले निर्णय गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.