logo

नारायणी अस्पतालमा जनशक्ति अभाव र सामाजिक परम्पराका कारण कुरुवा रोक्न सकिएनः डा.दास

      5/16/2021 गते 00 00 मा प्रकाशित     881   पटक पढिएको

बीरगंजको नारायणी अस्पतालमा उपचारकालागि भर्ना भएका कोभिड संक्रमीतलाई जनशक्ति अभावमा आवश्यक सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।

 

अस्पतालमा भर्ना भएका बिरामीहरुलाई आवश्यक सेवा दिन बिरामीका आफन्त कुरुवाका रुपमा रहनुलाई अस्पतालले ब्यवस्थापन गर्न सकिएको जनाएको छ । 


अक्सिजन सिलिण्डर बोक्नकालागि दुई जना कर्मचारी छन उनीहरुले काम गर्दा गर्दै नभ्याएपछि बिरामीका आफन्तले नै सिलिण्डर  बोक्नु पर्ने अवस्था आएको अस्पतालका चिकित्सक प्रवक्ता डा. सरोज रोशन दासले बताउनु भयो ।

 

उहाँले बिरामीका कुरुवा रहनु स्वास्थ्यको मापदण्ड बिपरित भएपनि त्यसलाई ब्यवस्थापन गर्न नसकिएको प्रष्ट पार्नु भयो । बिरामीलाई सेवा दिन आवश्यक जनशक्तिको माग गरिएको छ तर त्यो आपूर्ती भएको छैन डा. दासले भन्नु भयो  करुवा ब्यवस्थापन नहुदा कोरोना भाइरसको संक्रमण निरन्तर बढने देखिन्छ यो त संक्रमणको साइकल नै बने जस्तो छ ।

 

मृत्यु भएको बिरामीका आफन्त घर फर्किन्छ त्यहा स्वास्थ्य मापदण्ड कति पालना भएको हुन्छ भन्न सकिदैन उहाँले भन्नु भयो कतिपय केश त्यही गाउँ ठाउँबाट आएको हुनाले पनि संक्रमणको जोखिम निकै बढेको छ । 

 


नारायणी  अस्पतालमा इमरजेन्सी सहितका तीन बल्कमा कोभिड संक्रमीतहरुको उपचार भइरहेको छ । हरेक बल्कमा तीन जना स्टार्फ नर्स एक जना चिकित्सकले  २४ घण्टा सेवा दिइरहेका छन ।  अन कल चिकित्सकको (बोलाउदा आउने ) सेवा पनि उपलब्ध छ । त्यो संगे डा.सरोज रोशन दासले समेत २४ घण्टा सेवा दिइरहनु भएको छ । उहाँसंगै अन्य चिकित्सक पनि सेवामा संलग्न छन । 


यति हुदा पनि दक्ष जनशक्तिको अभाव रहेको डा. दासको भनाई छ । प्रदेश सरकारले उपलबध गराउने भनेको जनशक्ति अहिले सम्म  अस्पतालनमा नआएको उहाँले बताउनु भयो । 


कोभिड एक्सन टिमका संयोजक तथा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अन्सारीको नेतृत्वमा गएको  टोलीसंग कुरा गर्दै डा .दासले नारायणी अस्पतालले कोभिड बिरामीलाई दिने उपचारमा आफूहरुसंग भएको दक्षता र उपलबध स्रोत र साधनको भरपुर उपयोग गरिएको जानकारी दिनु भयो । कोडि एक्सन टिमले नारायणी अस्पतालमा कुरुवाहरुको उपस्थितिका बिषयमा खवरहरु सार्वजनीक भएपनि चासो लिदै स्थलगत अनुगमन गरेको थियो ।

 

कोभिड संक्रमीत बिरामीका आफन्तको कर बलले पनि कुरुवालाई रोक्न नसकिएको चिकित्सक डा. दासले बताउनु भयो ।  बिरामीलाई आफन्तले सेवा गर्ने  सामाजिक परम्परा रहि आएको चचा गर्दै डा.दासले यो कुरा निकै भावनात्मक हुने भएकोले पनि बिरामीका आफन्तलाई रोक्न नसकिएको उहाँले बताउनु भयो ।

 

जनशक्ति अभाव र भावनात्मक लगाव वा सेवा गर्नु पर्ने दायित्वका कारण बिरामीका कुरुवा अस्पताल भित्र रहेको उहाँले बताउनु भयो । उहाँले कुरुवा रहने कुरा संक्रमणको उच्च जोखिम हो भन्ने कुरा पनि उत्तिकै सत्य रहेको चर्चा गनुृ भयो ।

 

टिमले कुरुवा ब्यवस्थापन चुनौतीपूर्ण भएपनि उहाँहरुले अपनाउनु पर्ने सुरक्षा सर्तकर्ता पनि नदेखिएको प्रति डा.दासले त्यसमा सुधार गर्न सकिने बताउनु भयो । बिरामीका कुरुवाले फेसशिल्ड , मास्क, ग्लोबस लगाउने वतावरण बनाउन टिमको तर्फबाट तबरेज अहमदले सुझाव दिनु भएको थियो । टोलीमा श्याम पटेल, संजीव मिश्र , अमित अग्रवाल लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.