logo

स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई टिमको अपिल, स्वास्थ्य क्षेत्रका बेथिति नियन्त्रण गर्न प्रशासनलाई आग्रह

      5/16/2021 गते 00 00 मा प्रकाशित     946   पटक पढिएको

कोभिड एक्सन टीम बीरगंजले आम नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोभिड एक्सन टिमको आज बसेको बैठकले यस्तो आग्रह गरेको हो ।

 

कोरोना भाइरसको नयाँ भेरियन्टको दोश्रो लहरको महामारीमा मुलुक परेको र मुलुकको स्वास्थ्य संरचना अपुग भएको यो अवस्थामा आफनो रक्षाकालागि स्वास्थ्य मापदण्डको पालना गरेर योगदान गर्न टिमले आग्रह गरेको हो । अकिसजनको अभाव छ ।

 

भेन्टिलेटर पाउन छाडेको अवस्थामा कोरोना भाइरसको संक्रमणलाई ब्रेक गर्न आवश्यक रहेको भन्दै टिमले आम मान्छेलाई सम्बदनशील बन्न आग्रह गरेको टिमका सदस्य तवरेज अहमदे बताउनु भयो । 


अवस्था निकै प्रतिकूल छ यस्तोमा नागरिकले आफूलाई सुरक्षीत राख्ने कुरामा ध्यान दिन आवश्यक रहेको चर्चा गर्दै अहमदले महामारीलाई ख्याल ठान्न नहुने बताउनु भयो । 


बैठकले  कोरोना भाइरसको संक्रमणका कारण बिरामी हुनु भएका नागरिकलाई उपचार सेवा दिदै आउनु भएका चिकित्सक स्वास्थ्यकर्मीको कामलाई प्रशंसा गर्दै नारायणी अस्पताल सहितका स्वास्थ्य संरचनाहरुलाई धन्यवाद दिएको छ । 

 

 कोभिड एक्सन टीमका संयोजक एव् जिल्ला समन्वय समितिका सभापती नेक महमद अंसारीको अध्यक्षतामा बसेको बैठकले कोभिड एक्सन टीम, नागकिको सहयोगका आफनो तर्फबाट सक्दो सहयोग उपलब्ध गराउन क्रियाशिल रहिरहने जनाएको छ।

 

कोरोना भाइरसको संक्रमण निम्त्याएको महामारीको बेलामा कतिपय स्वास्थ्य संस्थाले नागरिकको ढाडै सेक्ने गरि महंगो मूल्यमा सेवा  दिदै कालोबजारी समेत गरेको गुनासाहरु आइरहेको प्रति पनि कोडि एक्सशन टिमले चासो राखेको छ ।

 

टिमले महंगो शुल्कमा सेवा दिने , कोभिडका बिरामीलाई उपचारकालागि भर्ना नगर्ने , बेड छैन भन्दै बिरामी फर्काउने र पैसा दिन्छु भने पछि बिरामी भर्ना गर्ने प्रवृति देखिदे गएकोमा चिन्ता ब्यक्त गर्दै टिमले स्थानीय प्रशासनलाई स्वास्थ्य सेवामा देखिएको यस्तो खाले बेथिती नियन्त्रण गर्न आग्रह गरेको छ । 


त्यस्तै आज बसेको टीमको बैठकले कोभिड एक्सन टीमका संयोजक एव् जिल्ला समन्वय समितिका सभापती नेक महमद अंसारीको नेतृत्वमा पर्साका अस्पतालहरुको सेवा सुविधाको प्रभावकारीता र भौतिक संरचनाको अवस्था बारे अनुगमन समेत गर्ने  निर्णय गरेको टिमका सदस्य नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.