logo

स्रोत नखुलेको ८२ लाख सहित नेपाली र भारतीय चार जना पक्राउ ,हुण्डी कारोवारको आशंकमा अनुसन्धान हुदै 

      5/12/2021 गते 00 00 मा प्रकाशित     986   पटक पढिएको

 पर्सा प्रहरीले बुधबार ८२ लाख ५० हजार सहित चारजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का १८ बर्षका कलामुद्दिन अन्सारी, भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.१८ का बर्ष २७ का बिकास कुमार, भारत विहार मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नं.९ का २२ बर्षीय गुड्डु कुमार, भारत मोतीहारी वडा नम्बर ५ का १८ बर्षीय साहिल गुप्ता लाई पक्राउ गरेको हो । 

 

बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई वीरगन्ज महानगरको पुरानो बसपार्क, आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

 

उनको झोला जाँच गर्दा  नेपाली २५ लाख नगद बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो  ।

त्यसपछि उनलाई नियन्त्रणमा लिएर विकास कुमारको डेरामा गएर खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको ५७ लाख ५० हजार थप फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताउनु भयो ।  

हुण्डी रकम सहित पक्राउ परेका चारैजनालाई अवैध कारोबारा बैंक तथा वित्तीय कारोबार ऐन अन्तर्गत कारवाही गरिने प्रहरी नायव उपरीक्षक खनालले बताउनु भयो  ।

 

प्रहरीले उनीहरुले प्रयोग गर्ने ना. ८ .४८९७ नम्बरको बजाज कम्पनीको डिस्कभर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.