logo

परिवारका सदस्य संक्रमीत , रेम्डिशिभिर बेचेको आरोप , आरोप पुष्टि गर्न मेडिकल सुपरिटेण्डेण्ट डा. ठाकुरको खुल्ला चुनौती,

      5/8/2021 गते 00 00 मा प्रकाशित     1071   पटक पढिएको

बीरगंजको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले  आफूले इमान्दारीतापूर्वक काम गरिरहेको बताउनु भएको छ  ।

 

उहाँले आफनो चरित्र माथि गम्भिर प्रहार भएको र त्यसले आफनो हत्या गरेको अनूभूती भएको बताउनु भयो  । उहाँले रेम्डिशिभर भायल बेचेको भन्दै पर्साका बिभिन्न ब्यक्ति र माध्यमले आरोप लगाए पछि यस्तो बताउनु भएको हो ।

 

उहाँले सरकारले पठाएको रेम्डिशिभिर आज शनिवार मात्र आएको र त्यो स्टोर दाखिला हुदै गरेको बताउनु भयो । उहाँले भन्नु भयो आउदै नआएको रेम्डिशिभिर मैले कसरी बेचे ? भन्दै उहाँले प्रतिप्रश्न गर्नु भयो । त्यो औषधी स्टोरमा दाखिला हुन्छ त्यो माग फारम भरिन्छ त्यो एउटा प्रक्रियाबाट मात्र उपलब्ध हुन्छ मेडिकल सुपरिटेण्डेण्टले माग्दैमा पाउने र कसैलाई दिन सक्ने कुरा हुदैन ।

 

त्यो फारमेशीको नियन्त्रणमा हुन्छ मैले त हस्ताक्षर गर्ने मात्र हो । उहाँले बेचेको कुरा पुष्टि गर्न चुनौती दिदै त्यो पुष्टि भएमा जुनसुकै कारवाही भोग्न तयार रहेको बताउनु भयो । उहाँले भन्नु भयो जसले प्रचार गरेको छ  उनीहरुलाई पुष्टि गर्न  म खुला रुपमा चुनौती दिन्छु । 


डा. ठाकुरका श्रीमती वाल बच्चा कोरोना भाइरसको संक्रमणका कारण बिरामी छन । नागरिकको सेवामा लागेका  डा.ठाकुरले आफनो परिवारलाई उचित स्यार सुसार गर्न पाएका छैनन । काठमाण्डौमा रहेका बिरामीलाई बीरगंज बोलाउनु भएको छ । काठमाण्डौ उपचारको भर पर्दो शहरबाट आफना आफन्तलाई बीरगंज ल्याउनु भएको छ । 


 धेरैलाई “फेवर” चाहिएको छ त्यो पुरा गर्न नसकेको हुनाले आफनो बिरुद्ध बिभन्न प्रचारवाजी भएको दावी गर्नु भयो । नेताहरुका आफन्तलाई जागीर लगाईदिनु पर्ने कतिपयको माग छ त्यो पुरा गर्न नसकेको हुनाले बिरोध भएको उहाँको बुझाई छ । 


उहाँले औषधी ब्यवस्था बिभागले २३ गते नारायणी अस्पतालकोलागि छुट्टयाएको औषधी  २४ गते मात्र बीरगंज आएको छ । आउनु भन्दा पहिला नै दवाई कसरी बिक्री भएको हल्ला चलाइएको छ बीरगंजको नागरिक समाजले बुझ्न आवश्यक छ । डा. ठाकुरले आफूमाथि लगाइएका सबै आरोपहरु पूर्वाग्रह प्रेरित छ ।

 

औषधी ब्यवस्था बिभागले ५४ भायल रेम्डिशिभिर उपलब्ध गराएको उल्लेख गरेको भएपनि उहाँले त्यो  नारायणी अस्पतालमा नआएको डा.ठाकुरले बताउनु भयो । आपूर्तीकर्ता उपलब्ध नगराएकोले त्यो ५४ भायल अस्पतालमा नआएको बताउनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.