logo

बीरगंज महानगरले संचालनमा ल्यायो अस्थायी कोभिड अस्पताल तथा आइसोलेशन सेन्टर

      5/7/2021 गते 00 00 मा प्रकाशित     782   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले एक सय शय्या क्षमताको अस्थायी कोभिड अस्पताल र एक सय शय्याको आइसोलेसन सेन्टर बैशाख २४ गतेदेखी सञ्चालनमा ल्याएको छ ।


वीरगन्ज महानगरपालिका  १० घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा  बनाइएको आइसोलेसन सेन्टर र कोभिड अस्पताल मेयर विजयकुमार सरावगीले उद्घाटन गर्नु भयो।

 

केही दिन अगाडि मात्र संक्रमित भइ होम आइसोलेसनमा रहनुभएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की अस्थायी कोभिड अस्पतालमा पहिलो बिरामीको रुपमा भर्ना हुनु भएको छ। अस्पतालमा बिरामी भरिएकाले महानगरपालिकाले  शुक्रबारदेखि अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको मेयर विजयकुमार सरावगीले बताउनु भयो । 

 

अस्थायी अस्पतालमा चिकित्सकसहित प्यारामेडिकल स्टाफ समेत रोखर संक्रमितको उपचार गरिने छ । कोभिड अस्पतालमा संक्रमितको उपचारका लागि एकजना विशेषज्ञ चिकित्सक, एमडी गरेका दुई जना चिकित्सक, मेडिकल अधिकृत ५ जना, २१ जना प्यारामेडिकल स्टाफ, ८ जना सरसफाइकर्मी र १० जना प्रशासनिक कर्मचारी खटाइएको छ ।

 

कोभिड अस्थायी अस्पतालमा अक्सिजन सहितको वेडको व्यवस्था गरिएको छ । होम आइसोलेशनमा बसेर अक्सिजन प्रयोग गरेका बिरामीहरुकोलागि पनि चिकित्सकको निगरानीमा उपचारको आवश्यकता रहेकोले उनीहरुलाई समेत अस्थायी कोभिड अस्पतालमा उपचार दिने गरि ब्यवस्थापन गरिएको महानगरप्रमुख सरावगीले बताउनु भयो । 

कोभिड अस्पतालमा उपचारार्थ भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खाना समेत महानगरपालिकाले निशुल्क रुपमा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.