logo

नारायणी अस्पतालको आइसीयुमा भर्ना भएका बारा र सर्लाहीका एक/एकको मृत्यु

      4/28/2021 गते 00 00 मा प्रकाशित     962   पटक पढिएको


बीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा रहेका दुई जना त दुई कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालको  आइसियू वार्डमा उपचाररत बारा र सर्लाहीका दुई जना सङ्क्रमितको १५ गते बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा बारा जिल्लाको सुर्वण नगरपालिका वडा नम्बर ७ निवासी ३० वर्षीय महिला रहेकी छन् ।


बैशाख १३ गते स्वास्थ्यमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । भर्ना हुँदा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर प्रविधिबाट उनको परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।


कोरोना पुष्टि भए पश्चात उनलाई अस्पतालको कोभिड अईसियूमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा।राजरोशन दासले बताउनुभयो  । उनमा गम्भीर किसिमको निमोनिया देखिएको थियो । निमोनियाका कारण श्वासप्रश्वासमा भएको समस्याका कारण उनको मृत्यु भएको डा. दासले बताउनु भयो  ।

 

त्यसैगरी सर्लाही जिल्लाको धनगढा नगरपालिका वडा नम्बर ४ निवासी ४३ वर्षीय पुरुषको पनि बुधबार नारायणी अस्पतालमा मृत्यु भएको छ । 

उनीहरु दुबैको बुधवार बिहान  श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा. दासले बताउनु भयो । 

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका उनको एन्टीजेन परिक्षणमा कोरोना देखिएको थियो । पिसिआरका लागि स्वाब जम्मा गरीए पनि रिपोर्ट नआउँदै उनको मृत्यु भएको डा. दासले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.