logo

कोरोना संक्रमणको प्रभावः पर्सामा सीमा नाकामा कडाई गरिने, २५ जना भन्दा बढी भेला हुन निषेध

      3/23/2021 गते 00 00 मा प्रकाशित     1066   पटक पढिएको

पर्सामा स्थानीय प्रशासनले २५ जना भन्दा बढीलाई एक ठाउमा भेला हुन निषेध गरेको छ । पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोराना भाइरसको संक्रमण बढदै गएपछि आवशयक सर्तकर्ता अपनाउदै पर्सामा यस्तो निर्णय गरिएको हो ।

 

मङ्गलबार बसेको जिल्ला कोभिड व्यवस्थापन कमिटी पर्साको बैठकले सीमा नाकामा पनि उच्च सर्तकर्ता अपनाउन  तथा  भेला, सम्मेलन र भिडभाड हुने कार्यक्रमहरु गर्न नदिने निर्णय गरेको छ । 


रंगहरुको पर्व फागुपूर्णीमाको अवसरमा समेत रंग खेल्दा २५ जना भन्दा बढीको सहभागिता नगर्न र सहभागी नहुन समेत स्थानीय प्रशासनले अपिल गरेको छ ।  प्रशासनको अपिलको बर्खिलाप गरेमा कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले बताउनु भयो । 

डिसीएमसीको बैठकले सीमा नाकालाई ब्यवस्थित गर्नकालागि नेपाल प्रहरी र शास्त्र प्रहरी परिचालन गर्ने र स्वास्थ्य चेकजाँचका लागि हेल्थ डेस्क स्थापन गर्ने निर्णय गरेको छ । 

हेल्थ डेस्कमा भारतबाट आएकाहरुको स्वास्थ्य परिक्षण गरिने उनले जानकारी दिए ।  भारतमा कोरोना संक्रमण बढिरहेको राज्यबाट आउँनेहरुलाई सिमानाकामा रोकेर आरडीटी परिक्षण गरिने छ । आरडीटीमा पोजेटिभ देखिएको व्यक्तिलाई तत्कालै आरटि पिसिआर परिक्षण गर्दै अईसोलेट गरिने निर्णय भएको छ । 

बैठकले तत्कालका लागि गोपाल मण्डली र कलवार धर्मशालालाई क्वारेन्टिन र नारायणी अस्पतालमा अईसियुसहितको कोभिड विशेष कक्ष सञ्चालन गर्ने निर्णय गरेको बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो  ।

 

महानगरको समन्वयमा क्वारेन्टिन संचालन गर्ने निर्णय भएको उहाँले बताउनु भयो । बैठकले पोखरिया अस्पताल, बगही स्वास्थ्य केन्द्र र भिखमपुरको स्वास्थ्य केन्द्रमा पनि आवश्यकता परेको खण्डमा कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने निर्णय भएको बताउनु भयो ।
 बैठकले राती ९ बजेपछि बजार पूर्ण रुपले बन्द गर्नुपर्ने निर्णय गरको छ ।

बैठकमा  पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, पर्साका शास्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नारायणी अस्पतालका मेसु डा. संजय ठाकुर, ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीलगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.