logo

प्रेस चौतारीको जिल्ला भेला समपन्न ,महासंघको निर्वाचनमा प्रगतीशिल पत्रकारहरुको तर्फबाट अध्यक्षमा तिवारीको नाम घोषणा 

      3/20/2021 गते 00 00 मा प्रकाशित     1024   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्सा शाखाको आगामी २५ गते हुने निर्वाचनकालागि प्रेस चौतारी नेपालले उम्मेदवारी घोषणा गरेको छ ।

 

ब्यवसायीक प्रगतीशील पत्रकारहरुको तर्फबाट चौतारीले अनुप तिवारीलाई अध्यक्षको रुपमा अगाडि सारेको हो । वीरगंज स्थित रोयल पार्टी पैलेसमा भएको भेलाले नेपाल पत्रकार महासंघ पर्साको आसन्न निर्वाचनमा चौतारीबाट अध्यक्ष पदमा अनुप तिवारीको नाम घोषणा गरिएको छ ।

 

प्रेस चौतारी नेपालका केन्द्रीय लेखा समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष के.सी. लामिछानेले  अध्यक्ष पदमा तिवारीको नाम घोषणा गर्नु भएको थियो  ।

 

प्रेस चौतारी  नेपाल  पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रमा प्रेस काउन्सिल नेपालका सदस्य एवम चौतारीका प्रदेश इन्चार्ज लालबाबु शेष के.सी.लामिछाने नेकपा एमालेका नेता डा.बिश्वम्भर शर्मा , पत्रकारहरु महेश दास,  लक्ष्मी खरेल, महेश गौत्तम, सुर्दशनराज पाण्डे विजय कुशवाहा लगायतले चुनावी रणनीति र प्रगतीशील ब्यवसायीक पत्रकारहरुको मुद्धाको बिषयमा प्रकाश पार्नु भएको थियो । प्रेस चौतारीले आज अध्यक्षको मात्र नाम घोषणा गरेकोमा अन्य उम्मेदवारहरुको पनि छिटै घोषणा गर्ने सचिव संजीव मिश्रले जानकारी दिनु भयो । 
 
कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साले प्रेस काउन्सीलको सदस्यमा नियुक्त लाल वावु शेख र एकोराव को प्रदेश सचिवमा निर्वाचित अच्युत पौडेल लाइ सम्मान गरेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.