logo

पर्सामा “सेटीङ”मा तस्करी, प्रहरी प्रमुखका प्रिय पात्रको “लाइनमोह”ले प्रहरी गन्हायो

      3/19/2021 गते 00 00 मा प्रकाशित     1034   पटक पढिएको

पर्सा जिल्लामा प्रहरीकै मौनतामा अनधिकृत कारोवार बढेको छ । नेपाल प्रहरीका प्रमुखको प्रिय पात्रका रुपमा पर्सामा प्रहरी प्रमुखको रुपमा आउनु भएका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेको अर्थपूर्ण मौनताका कारण पर्साका बिभिन्न नाकाबाट अनधिकृत कारोवार हुने गरेको हो ।

 


०५१ सालमा प्रहरी साहयक निरिक्षक बाट प्रहरी सेवामा प्रवेश गर्नु भएका पाण्डे बालुवाटार जग्गा प्रकरणको अनुसन्धानकर्ताको रुपमा राम्रो काम गरेबापत अहिलेका प्रहरी प्रमुखको प्रिय हुनु भएको थियो । त्यही सम्बन्धका कारण उहाँले पर्साको प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएको कुरा प्रहरी संगठनभित्रै चर्चा हुने गरेको छ ।


प्रहरी प्रमुखको इच्छामा पर्साको प्रहरी प्रमुख बनाइनु भएका पाण्डेको अर्थपूर्ण मौनताका कारण तस्करीको काम बढेको छ । रक्सौलका एक जना अजय नामका तस्करको नेतृत्वमा “सेटीङ”मा कपडाको काम भइरहेको छ । बीरगंजका पनि राजनीतिक हैसियत प्राप्त गरेका ब्यक्तिको आफन्ताको नाममा अनधिकृत कारोवारको लाइन“सेटीङ” भएको एक जना कारोवारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन ।


हड्डी, कवाडी छोहडा, मरिच  र केराउ लगायतको सामानको निर्यातकालागि पनि प्रति महिना निश्चित रकम सहितको “सेटीङ” भएको छ । कपडा, मेशीनरी तथा इलेक्ट्रोनिक्स सामान र भैसी बाख्रा जस्ता बस्तुको आयातमा समेत “सेटीङ” भएको स्रोतको दावी छ । हरेक बस्तुको प्रति महिना रकम तय गरिएको छ । यो रकम मासिक लाखौमा हुने गरेको स्रोतले जनायो ।


“सेटीङ”मा भइरहेको तस्करीको कुरा सार्वजनीक रुपमा प्रकाशन प्रशारणमा नआओस भन्नकालागि “मिडिया म्यानेज” को जिम्मेवारी एक जना प्रहरी अधिकारीलाई दिइएको छ । यो कामको जिम्मा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेका धेरै जसो प्रहरी युनिटमा काम गरेका , अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेका प्रहरी नायव निरिक्षक शुभम राणालाई दिइएको स्रोतको दावी छ ।

राणा पर्साका सबै प्रहरी युनिटमा बसेर काम गरेका ब्यक्ति हुन ।बीरगंजको इनर्वा , छपकैया ,अलौ भिषूवा जानकीटोला लगायतका नाकाबाट “सेटीङ”कोतस्करीको लाइन खुला रहेको स्रोतको दावी छ ।


इमान्दार र निष्ठापूर्वक काम गर्ने बर्तमान प्रहरी प्रमुखको प्रिय पात्र भएकै कारण  प्रहरी प्रधान कार्यालयको अभिलेखमा “क” श्रेणीको जिल्लाको रुपमा रहेको पर्सामा कमाण्डर बनाइनु भएका पाण्डेको “लाइनमोह”ले नेपाल प्रहरीको छवीमाथि नै गम्भिर प्रश्न उठाएको छ ।


प्रदेश २ का प्रहरी प्रमुख धिरज प्रताप सिंहले प्रहरीले लाइन दिएको कुरामा आफूलाई बिश्वास नभएको बताउनु भयो । उहाँले के रहेछ त्यस बिषयमा आफूले पनि गम्भिरतापूर्वक हेर्न र त्यस्तो पाइए कारवाही गर्ने बताउनु भयो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.