logo

बिभिन्न प्रस्ताव पारित गर्दै नेपाल पत्रकार महासंघ प्रदेश २ को अधिवेशन सम्पन्न, पत्रकार झा र नेपाल पुरस्कृत,मेयी सम्मानीत

      2/13/2021 गते 00 00 मा प्रकाशित     1017   पटक पढिएको

नेपाल पत्रकार महासंघ प्रदेश २ को दोश्रो, अधिवशेन  बिभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ । बीरगंजको नगरसभागृहमा भएको अधिवेशनको बन्द सत्रले महासचिव किरण कर्णको सांगठानीक प्रतिवेदन परिमार्जन  सहित  र कोषाध्यक्ष प्रवीण साहको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

 

त्यसैगरि सदस्यताका सम्बन्धमा जिल्लाबाट सर्बसम्मत सिफारिश भई आएका निर्णयलाई अनुमोदन गरेको छ । त्यसैगरि सदस्यता बितरण र तथा नविकरणका बिषयमा परेका पूनरावलोकन उजुरीहरु स प्रमाण केन्द्रीय संगठन बिभागमा पठाउने निर्णय भएको बन्द सत्रका अध्यक्ष मण्डलका सदस्य अवधेश झाले जानकारी दिनु भयो । 


यस अघि नगरसभागृहमा दोश्रो अधिवेशनको उद्धघाटन समारोह भएको थियो । समारोहमा वक्ताहरुले नेपाली पत्रकारिता क्षेत्रले अहिले भोगेको समस्या र चुनौतीहरुको बारेमा चर्चा गरेका थिए ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघ मुलुककै सबैभन्दा समावेशी चरित्रको नागरिक संगठन भएको चर्चा गर्दै यसको साझ चरित्रलाई कायम राख्नु पर्नेमा जोड दिनु भयो । उहाँले नेपाल पत्रकार महासंघले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा कसैसंग सम्झौता समेत नगर्ने बताउनु भयो । 


नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा  भएको उद्धघाटन समारोहमा   नेपाल पत्रकार महासघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा , केन्द्रिय महासचिव रमेश बिस्ट , सचिब राम प्रसाद दाहाल , कोषाध्यक्ष राजेश मिश्र, नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्गदेल , महासचिव अजयबाबू सिवाकोटी , प्रेस संगठनका उपाध्यक्ष लालबाबु शेष , बीरगंज महानगर पालिकाका मेयर बिजय सरावगी , उपमेयर सुश्री शान्ती कार्की , नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुबेदी , नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव , भारतीय महावाणिज्य दूतावासका पोल्टिकल कन्सुलर शैलेन्द्र कुमार , नेपाल पत्रकार महासघका केन्द्रिय सदस्यहरु देव कुमार यादव , शैलेन्द्र झा , अवधेध झा , जगदीश शर्मा , पुर्व केन्द्रिय सदस्य महेस दास,प्रेस पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल , नेपाल फोटो पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष पंकज श्रेष्ठ , फोनिज प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर , प्रदेश न.२ का ८ वटै जिल्लाका जिल्ला अध्यक्ष श्याम बन्जरा, कमल उपाध्याय , रबिन्द्र साह , बिश्वनाथ ठाकुर , कमलेश मन्डल , अनिल मिश्र, दिनेश्वर गुप्ता र जितेन्द्र खड्गा लगायत प्रदेश न.२ का सम्पुर्ण पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


 नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष के.सी. लामिछानेले स्वागत मन्तव्य र कार्यक्रम सन्चालन महासचिव किरण कुमार कर्णले गर्नु भएको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रादेशिक   पत्रकारिता पुरस्कारबाट महासंघका पुर्ब केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, र पर्साका पुर्ब अध्यक्ष शत्रुधघ् नेपाल पुरस्कृत हुनु भएको छ ।


गत वर्षको यो पुरस्कार यसअघि नै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झालाई दिने निर्णय गरिएको थियो । दुवै पुरस्कार आज वीरगञ्ज नगरसभागृहमा भएको नेपाल पत्रकार माहासंघ प्रदेश न. २ को दोश्रो साधारण सभामा प्रदान गरिएको सचिव आर.एन .बिश्वासले जानकारी दिनु भयो  ।

 


त्यसैगरि सभामा बीरगंजका होटेल ब्यवसायी हरि पन्त, सप्तरीको बरिष्ठ पत्रकार बैद्यनाथ झा, सिराहका चन्द्रदेव कामती, धनुषाका अजय यादव महोत्तरीका रविन्द्र उप्रेती सर्लाहीका रोशन न्यौपाने, रौतहटका बिनयलाल दास , बाराका रामेश्वर मेहता र पर्साका शेषमन पंडितलाई पनि सम्मान गरिएको थियो । 

 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.