logo

जग्गा महानगरकै नाममा कायम गर्न फैसला

      2/11/2021 गते 00 00 मा प्रकाशित     1026   पटक पढिएको

वीरगन्ज — किर्ते जालसाजी गरी व्यक्तिका नाममा दर्ता गरिएको जग्गा वीरगन्ज महानगरपालिकाकै नाममा दर्ता कायम गर्न पर्सा जिल्ला अदालतले फैसला गरेको छ । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरस्थित एक कट्ठा जग्गा बिक्री वा हक–हस्तान्तरणबिनै व्यक्तिका नाममा दर्ता भएको पाइएपछि महानगरले २०७५ असार ३ मा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।


किर्ते गरी व्यक्तिका नाममा दर्ता गरिएको जग्गामा निर्माण गरिएको जीपी कोइराला फाउन्डेसनको कार्यालय भवन । पर्सा अदालतले उक्त जग्गा वीरगन्ज महानगरपालिकाकै नाममा कायम गर्ने फैसला गरेको छ । 


अदालतका स्रेस्तेदार कृष्णप्रसाद अधिकारीका अनुसार बुधबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले व्यक्तिका नाममा दर्ता भएको वीरगन्ज महानगरपालिका–१० को साबिक कित्ता नं ८१७ को ९हाल नापीमा कायम भएको कित्ता नं १८ र ५३० जग्गा वीरगन्ज महानगरपालिका कार्यालयका नाममा दर्ता कायम गर्ने फैसला गरेको हो । उक्त जग्गाको हाल बजारमूल्य ८ करोड रुपैयाँ छ । जालसाजी गरी व्यक्तिका नाममा गइसकेको जग्गा खोजबिन गरी दर्ता गरिएको मुद्दामा अदालतले महानगरवासीका पक्षमा गरेको फैसला स्वागतयोग्य रहेको मेयर विजयकुमार सरावगीले बताए । कानुनी प्रक्रिया पूरा गरेर बाँकी जग्गा पनि महानगरकै स्वामित्वमा ल्याउने उनको भनाइ छ । स्थानीय तहमा जनप्रतिनिधि नहुँदा भूमाफियाले चलखेल गरी महानगर क्षेत्रभित्रका कम्तीमा २१ वटा प्लट व्यक्तिका नाममा दर्ता गराएका थिए ।

जालसाजीको जालो


वीरगन्ज महानगरपालिकाको आदर्शनगर क्षेत्रबाहेक अन्यत्र व्यवस्थित बसोबास छैन । २०२० सालमा आदर्शनगरमा सहरी योजना सुरु भएको थियो । त्यसबेला सरकारले वीरगन्ज नगरमा बस्ती विकासका लागि आदर्शनगर निर्माणका लागि राजपत्रमा सूचना प्रकाशित गरेको थियो । अधिग्रहणबाट प्राप्त जग्गा प्लटिङ गरी वितरण गर्ने जिम्मा सोही बेला पशुपति आदर्शनगर निर्माण समितिलाई दिइएको थियो । समितिले त्यसरी प्राप्त गरेको प्लट वितरण गरी बाँकी केही प्लट तत्कालीन वीरगन्ज नगर पञ्चायतलाई हस्तान्तरण गरेको थियो । बिक्री नभएका प्लटको स्वामित्व वीरगन्ज नगरपञ्चायत हुँदै वीरगन्ज उपहानगर र हाल वीरगन्ज महानगरपालिकाका नाममा कायम भएको हो ।

महानगरपालिकाका अनुसार जीपी कोइराला फाउन्डेसन कार्यालय भवन निर्माण भएको जग्गा पनि पशुपति आदर्शनगर निर्माण समितिअन्तर्गतकै हो । ०७४ चैत १० मा वीरगन्जको आदर्शनगर क्षेत्रमा महानगर स्वामित्वको कित्ता नं। ८१७ को एक कट्ठा जग्गामा माटो पुर्ने काम सुरु भएपछि जालसाजीको खुलासा भएको थियो । वीरगन्ज–३ छपकैया निवासी नजमा बेगमले माटो भर्न लगाएकी थिइन् । उनका श्रीमान् कांग्रेस नेता हुन् । महानगरले मालपोत कार्यालयमा बुझ्दा बेगमले उक्त जग्गा अरुणकुमार अग्रवालसँग ०७४ मंसिर ११ मा खरिद गरेकी थिइन् । अग्रवालले ०७४ मंसिर ८ गते हाल साबिक गराएको उक्त जग्गा महानगरपालिकाले बिक्री नै गरेको छैन । महानगरपालिकाले मालपोतलाई तिरो तिर्दै आएको छ ।

मालपोत कार्यालयको जग्गाधनीको लगतबाट समेत उक्त कित्ता नं। ८१७ को वास्तविक धनी वीरगन्ज महानगरपालिका नै रहेको प्रस्ट देखिन्छ । यसअघि पनि अरुण अग्रवालले ०६१ सालमा उक्त जग्गा आफ्नो भन्दै तत्कालीन नगरपालिकाको नक्कली छाप र हस्ताक्षर प्रयोग गरी किर्ते प्रमाण खडा गरी जग्गा नामसारी गराएका थिए । नगरपालिकाले ०६१ चैत १९ मा कानुनी कारबाहीको माग राख्दै लिखत बदर गर्न मालपोतलाई पत्राचार गरेको थियो । कारबाहीको भयले अग्रवाल आफंै मालपोतमा उपस्थित भई उक्त जग्गा मेरो नाउँबाट बदर गरी नगरपालिकाका नाउँमा कायम गरिदिनु भन्दै ०६१ चैत २४ मा निवेदन दिएका थिए ।

त्यसको चार वर्षपछि फेरि भूमाफियाले उक्त जग्गा नामसारी गराउन खोजेको नगरपालिकाले थाहा पाएपछि ०६५ पुस ३ मा मालपोतलाई पत्र लेखी नगरपालिकाका नाममा दर्ता रहेको जग्गा नगरपालिकाबाट फुकुवा पत्र नआएसम्म रोक्का राख्न आग्रह गरेको थियो तर नगरपालिकाकै कर्मचारी, वडासचिव, नापी सर्वेक्षकको मिलेमतोमा उक्त जग्गा व्यक्तिका नाममा नामसारी भएको थियो । साबिक पशुपति आदर्शनगर निर्माण समितिबाट हस्तान्तरण भई वीरगन्ज महानगरको स्वामित्वमा आएको उक्त कित्ता नं ८१७ को नयाँ नापीमा कित्ता नं १८ र ५३ कायम छ ।

जग्गा कब्जा गर्न फाउन्डेसनको कार्यालय

मुद्दा विचाराधीन अवस्थामा हुँदाहुँदै कित्ता नं। ८१७ को उक्त जग्गामा दुई वर्षअघि धमाधम भवन निर्माण गरी पूर्वप्रधानमन्त्री तथा पूर्वकांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाका नाममा जीपी कोइराला फाउन्डेसनको कार्यालय स्थापना गरिएको थियो । फाउन्डेसनका जिल्ला अध्यक्ष मोहम्मद सहाबुदिन जग्गाधनीका श्रीमान् हुन् ।

०७५ फागुन ४ मा कांग्रेस महानमन्त्री शशांक कोइराला, शेखर कोइराला र फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन तथा गिरिजाप्रसाद कोइरालामा आधारित फोटो प्रदर्शनी आयोजना गरिएको थियो । उक्त जग्गा महानगरपालिकाको स्वामित्वमा रहेकाले महानगरको स्वीकृतिबेगर कुनै प्रकारको उपयोग गर्ने अधिकार संघसंस्था एवं व्यक्तिलाई नहुने जानकारी गराउँदै उक्त जग्गामा कार्यक्रम नगर्न समेत पत्राचार गरिएको थियो । 

इकान्तीपुर डटकममा भूषण यादवले खवर लेख्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.