logo

मर्यादित पत्रकारिताको बिषयमा पर्सेली पत्रकार गम्भिर, आर्थिक तथा सांगठानीक प्रतिवेदन पास गर्दै साधारण सभा सम्पन्न

      2/2/2021 गते 00 00 मा प्रकाशित     904   पटक पढिएको

सागठानीक तथा आर्थिक प्रतिवेदन पारित गर्दै नेपाल पत्रकार महासंघ पर्साको २४ औं साधारण सभा मंगलबार वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साको भवनमा भएको सधारण सभा बन्दसत्रमा महासघका सचिव युवराज खडका र कोषाध्यक्ष भूषण यादवले प्रस्तुत गरेको सांगठानीक तथा आर्थिक प्रतिवेदन उपरको छलफलमा पत्रकारहरुले सहभागिता जनाएका थिए ।

 

नेपाल पत्रकार महासंघ पर्सा शाखाको यो अधिवेशनको छलफल मर्यादित पत्रकारिता, पेशागत शुद्धता, पूर्वाग्रहरित कनटेन्टको उत्पादन बृति बिकास जस्ता बिषयमा केन्द्रीत भएको थियो ।

 

अरुलाई  प्रश्न उठाउने पत्रकारले आफनो बन्द सत्रमा आफनो नेतृत्वले गरेका कामको समिक्षा गर्दै कडि कडाउ प्रश्न उठाएका थिए । बन्द सत्रमा भएको शालिन र शिष्ट छलफल पछि दुबै प्रतिवेदनलाई सभाले पारित गरेको थियो । 


बन्द सत्र अघिको  उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका केन्द्रिय सचिव रामप्रसाद दहालले वीरगंजको पत्रकारितामा धेरै परिर्वतन आएको वताउनु भयो ।

पत्रकारिताको स्वनियमकालागि बनाइएको आचार सहिता र पेशागत शुद्धताकालागि शुरु गरिएको शुद्धिकरणका कारण पर्सेली पत्रकारिताको आएको परिर्वतनको आफूले अनुभव गरेको बताउनु भयो । उहाँले पर्सेली पत्रकारित गलत ढंगले अगाडी बढे त्यसको असर देशभर नै पर्ने ठोकुवा गर्नु भयो  ।

 सचिव दहालले महासंघ अब प्रत्यक्ष निर्वाचित प्रणालीमा जान लागेको जानकारी गराउनु भयो  । 

महासंघलाई ट्रेड युनियनमा लैजान समेत निर्णय गरेको जानकारी गराउदै उहाँले महासंघ ट्रेड युनियन संस्थाको रुपमा दर्ता भयो भने पत्रकारको श्रमको अधिकारको सम्मान हुने धारण राखे ।

सचिव दहालले सरकारले ल्याउन लागेको करोडौं जरिवाना र पत्रकारलाई जेल हाल्ने कानुन रोक्न महासंघ सफल भए पनि फेरी अध्याधेश मार्फत त्यस्तै कानुन ल्याउन सरकारले तयारी गरेको बाहिर चर्चा रहेका कारण त्यसलाई रोकन मानसिक रुपमा तयार रहन समेत आग्रह गरे । 

 

कार्यक्रमका  नेपाल पत्रकार महासंघकै सचिव शितल महतोले सभ्य र मर्यादित पत्रकारिता गर्न आग्रह गर्नु भयो  । उहाँले तथ्यमा अधारित पत्रकारिता गर्न आग्रह गर्दै देश मै चिनाउने खाले वीरगंजको पत्रकारिता हुनु पर्ने सुझाउनु भयो  । 

 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्रा, प्रदेश नम्बर २ अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी. लामिछाने, पूर्व अध्यक्ष अशोक तिवारी, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेल, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का लगायतकाले शुभकामाना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन महासंघ पर्साका सचिव युवराज खड्काले गर्नु भएको थियो ।

स्व. गोपाल गिरी स्मृति पत्रकारित पुरस्कार यादव र केसरीलाई प्रदान 

उद्घाटन समारोह मै स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट वीरगंजका पत्रकार गया यादव र कन्हैयालाल केसरीलाई पुरस्कृत गरिएको थियो । नारायणी टुडे दैनिक पत्रिकाका सम्पादक यादव र गोरखा पत्र दैनिक पत्रिकाका पर्सा सम्वाददाता केसरीलाई नगद रु २५ हजारको चेक र सम्मान पत्रलले दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।

त्यसैगरी उद्घाटन समारोह मै महासङ्घ पर्साका पूर्व सभापति शंकर खतिवडा, शत्रुघ्न नेपाल, दिपेन्द्र चौहान, अशोक तिवारी, के.सी. लामिछाने, वरिष्ठ पत्रकार जगदिश शर्मा, शितल महतो, महेश दासलगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.