logo

सम्पती कब्जा गर्ने फूफाजुको सनकले भदाको हत्या, अन्य दुई जनामा पनि गिरफ्तार

      1/29/2021 गते 00 00 मा प्रकाशित     1076   पटक पढिएको

पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नं ४ बहुवरीमा पुष १ गते भएको एउटा हत्याकाण्डमा घरपरिवारका मान्छेको संलग्नता भएको खुलेको छ । त्यो हत्या सम्पती पाउनकालागि आफनै फुपाजुले गरेको खुलेको हो । 

पुष १ गते पर्सागढी नगरपालिकाको वडा नं ४ मा पर्ने बहुवरी चैनपुरको खेतको आलीमा रहेको पकडीको रुखमा २१ वर्षिय अकलेश राउत झुण्डीएको अवस्थामा फेला परेका थिए ।

बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी निवासी २१ वर्षीय अकलेश राउत अहिर खेतमा झुण्डीरहेको अवस्थामा फेला परेका थिए ।  झट्ट हेर्दा अकलेशले आत्महत्या गरेको जस्तो देखिन्थ्यो । तर, अकलेशले आत्माहत्या गरेका थिएनन । उनको आफ्नै फुपाजु पर्ने व्यक्तिले सम्पतिको लोभमा हत्या गरेका रहेछन । 

जिल्ला प्रहरी कार्यालले पर्साले शुक्रबार अकेलेशको हत्यारालाई सार्वजनिक गर्दै सम्पतिको लोभमा उनको हत्या आफ्नै फुपाजुले अन्य दुईजनासँग मिलेर गरेको जनाएको छ ।


पर्सागढी नगरपालिका वडा नम्बर ५ निवासी ५१ वर्षीय भागिरत राउत अहिरले स्थानीय अन्य दुईजनासँग मिलेर उनको हत्या गरेका थिए । प्रहरी बिभिन्न कोणबाट  अनुसन्धान सुरु गर्दा अकलेशको हत्या भएको खुलेको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनु भयो  । 

अहिरले भतिजा अकलेशलाई मारेर उनको बुवा र ठूलो बुवाको नाममा रहेको सम्पूर्ण जग्गा र सम्पति आफ्नो बनाउँने लोभमा हत्या गरेको अनुसन्धानले देखाएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनु भयो  ।

 

अकेशलका ठुलोबुवको पनि सन्तान नभएको र अकलेश समेत एकल सन्तानको रुपमा रहेको अवस्थामा उनको हत्यापछि सम्पती आफनो सन्तानको हुने लोभमा भागिरतले भदा अकलेशको हत्या गरेको खुलेको छ । 

प्रहरीले पर्सागढी नगरपालिका वडा नम्बर ५ निवासी ४१ शेष ताहिर मियाँ र २७ वर्षीय छठु पटेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाई अहिरले आर्थिक प्रलोभनमा पारेर हत्यामा संलग्न गराएका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.