logo

कानून कार्यान्वयनमा तीनै तहको समान्वयात्मक भूमिका आवश्यक रहेको राष्ट्रियसभाकी उपाध्यक्ष दाहालको भनाई

      1/28/2021 गते 00 00 मा प्रकाशित     804   पटक पढिएको

राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले महिला हिंसा न्यूनीकरणका लागि ऐन कानूनको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहको सरकारको समन्वयको आवश्यकता रहेको बताउनुभएको छ । स्थानीय जनप्रतिनिधिहरुसँग भेटघाट गर्ने सिलसिलामा आज वीरगन्ज महानगरपालिका आईपुग्नुभएकी उपाध्यक्ष दाहालले अहिले निर्माण भएका ऐन कानूनहरुको प्रभावकारी कार्यान्वन नहुँदा नै महिला हिंसाका घटनाहरु हुने गरेको बताउदै प्रभावकारी कार्यान्वयनमा तीनवटै तहको सरकारको समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिनुभएको हो ।

वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुसँग भएको भेटमा उपाध्यक्ष दाहालले स्थानीय तहले महिलाहरुको विषयमा संचालन गरिएको कार्यक्रमहरुको बारेमा जानकारी समेत लिनुभएको छ । भेटका क्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले महिला हिंसा अन्त्यका लागि बनेका कानूनहरुलाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तह प्रतिवद्ध रहेको र कतिपय महिलाहरुको क्षमता विकास पनि गर्नुपर्ने आवश्यकता रहेकोले त्यसतर्फ ध्यान केन्द्रीत गरेको बताउनुभयो ।

नगरप्रमुख सरावगीले महानगरपालिकाले महिलाहरुको क्षमता विकास, आर्थिक रुपमा सम्पन्न बनाउनकै लागि महिला लक्षित विभिन्न सीपमूलक आयआर्जनका कार्यक्रमहरु पनि संचालन गरेको जानकारी दिदै महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकेमा महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । महानगरपालिकाकी उपमेयर एवं न्यायिक समितिकी संयोजक शान्ति कार्कीले न्यायिक समितिमा कार्यसम्पादन गर्दा भएका कानूनहरु कार्यान्वयनमा प्रदेश सरकार र संघ सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

महिला सदस्यहरुले छोरीहरु माथि अझैपनि हिंसा नरोकिएको गुनासो गर्दै अझै विभिन्न बाहानामा छोरीचेलीहरुले ज्यान गुमाउनु पर्ने घटनाहरु रोक्नुपर्ने बताए । उपाध्क्ष दाहाललाई महानगरपालिकाका नगर प्रमुख सरावगीले अहिलेसम्म महानगरले गरेको विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.