logo

स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार यादव र केशरीलाई

      1/26/2021 गते 00 00 मा प्रकाशित     963   पटक पढिएको

स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट बीरगंजका बरिष्ठ पत्रकार गया यादव र गोरखापत्रका सम्वाददाता कन्हैयालाल केशरी पुरस्कृत हुने भएका  छन । गत वर्ष र यस वर्षको पुरस्कार एकै पटक दिने गरि यस्तो निर्णय भएको हो ।

 

नेपाल पत्रकार महासंघको आज पोखरियामा सम्पन्न बैठकले पत्रकारद्वयलाई पुरस्कृत गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ पर्साका शाखाका अध्यक्ष श्याम बन्जाराले आफनो सामाजिक संजाल फेसबुक मार्फत सार्वजनीक गर्नु भएको छ । 


यस अघि स्व. गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट मुकुन्द अचार्य, के.सी.लामिछाने,ओमप्रकाश खनाल , शितल महतो, महेशचन्द्र गौतम, राजु श्रेष्ठ, श्याम बन्जारा, ध्रुब साह बिम्मी शर्मा, लगायतका पत्रकार पुरस्कृत भइसकेका छन ।

 

नेपाल पत्रकार महासंघ पर्साका तत्कालीन अध्यक्ष स्व.गोपाल गिरीको स्मरणमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको राशी २५ हजार रहेको छ । १० हजार बाट शुरु भएको पुरस्कारको राशी शाखाले बढाउदै २५ हजार पुर्याएको हो । 


महासंघको बैठकले शाखाको २४ औं जिल्ला अधिवेशन माघको २० गते बीरगंजमा गर्ने निर्णय गरेको छ । अधिवेशनको तयारीकालागि श्याम बन्जारको संयोजकत्वमा तयारी समिति निर्माण गरिएको छ । अधिवेशनमा यस पटक शाखाका पूर्व अध्यक्षहरुलाई सम्मानीत गर्ने निर्णय पनि बैठकले गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.