logo

भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माण संहिताको पूर्ण पालनामा जोड

      1/15/2021 गते 00 00 मा प्रकाशित     1051   पटक पढिएको

राष्ट्रिय भूकम्प दिवसको अवसरमा आज वीरगन्जमा पनि जनचेतनामूलक प्रभातफेरी निकालिएको छ । १९९० साल माघ २ गते आएको शक्तिशाली विनासकारी भूकम्पले क्षति पु¥याएको दिनलाई भूकम्प दिवसको रुपमा मनाउदै आएको छ । सघन सहरी भवन व्यावस्था कार्यालयको संयोजनमा “बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” नारा दिएर शुक्रबार वीरगन्जको घण्टाघरबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रममा गरी पुनः घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने वक्ताहरुले भूकम्पको क्षति न्यूनीकरण तथा जोखिमबाट बच्नका लागि भवन निर्माण संहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले भूकम्प जानकारी दिएर नआउने भएकाले विभिन्न समयमा आएको भूकम्पले मानवीय र भौतिक क्षति व्यहोर्नु परेकोले क्षति न्यूनकरणका लागि पूर्वतयारी र सतर्कता आवश्यक रहेको बताउनुभयो ।

पूर्वतयारीको अवस्था, भूकम्प जादै गरेको अवस्था र गईसकेपछिको अवस्था तीन तहको क्षति न्यूनीकरणको विषयमा सबैले जानकारी राख्नुपर्ने उहाले बताउनुभयो । सघन सहरी तथा भवन भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख इञ्जिनियर रञ्जन कुमार दासले जथाभावी भवन निर्माण गर्दा बढी जोखिम हुने हुँदा अहिले सरकारले भवन निर्माण संहिता लागू गरेको हुँदा सोही अनुसार सबैले भवन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, भन्सार प्रशासक महेश आचार्य, राष्ट्रिय अनुसन्धान कार्याल पर्साका प्रमुख उप अनुसन्धान निर्देशक टिका पोखरेल, पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनाल, नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कणेल लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.