logo

नेशनल मेडिकल कलेजको अर्को गैरमानवीय कार्य, छात्रवृत्तिमा पढीरहेका विद्यार्थीको भविष्य नै अन्धकारमा पार्दै 

      1/12/2021 गते 00 00 मा प्रकाशित     1019   पटक पढिएको

पटक पटक विवादमा आउने गरेको वीरगन्जस्थित नेसनल मेडिकल कलेज फेरी एकपटक विवादमा आएको छ । सरकारी छात्रवृत्तिमा एमबीबीएस पढिरहेका रौतहटका रामजी रामलाई कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै विश्वविद्यालयको परीक्षा दिनबाटै बञ्चित गरेको छ । कलेजले छात्रवृत्तिमा अध्ययनरत रामजी रामलाई अतिरिक्त शुल्क नतिरेको भन्दै एमबीबीएस पाचौं वर्षको वाषिर्क परीक्षाबाट बञ्चित गराएको हो । 

चिकित्सा शिक्षा आयोग र इस्टिच्युट अफ मेडिसिन (आईओएम)ले रामलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको भए पनि परीक्षा फर्म नभरेको भन्दै परीक्षा दिन नदिइएको बताए । उनको अनुसार उनीसँग परीक्षा र्फम भर्न २ दिन समय थियो तर चिकित्सा शिक्षा आयोगले परीक्षा दिन पाउने र अतिरिक्त शुल्क नतिर्नु भनेकाले र्फम भरेका थिएनन् । सोही कारण उनीसँग प्रवेश पत्र थिएन ।

आयोगले फर्म नभरिकन परीक्षा दिन मिल्छ, निवेदन दिनु पर्दैन र अतिरिक्त शुल्क तिर्नु पर्दैन भनेकाले पैसा तिरेर र्फम नभरेको उनको दाबी छ । ‘म परीक्षा दिन पाइन्छ की भनेर बुझ्न र दिन पाइए दिन्छु भनेर तयारी गरेर गएको थिएँ,’ रामले भने, ‘तर विधीको शासन मान्नु पर्छ । र्फम नभरेको मान्छेले परीक्षा दिन पाउँदैन भनेर मलाई आइओएमकै सरले परीक्षा दिन दिएनन् ।’

पहिला आयोगले नै अतिरिक्त शुल्क नतिर्नुस् ढुक्क हुनुस् परीक्षा दिन पाइन्छ भनेकाले आफू परीक्षा दिनबाट बञ्चित भएको उनको आरोप छ । २०७२ सालमा सरकारले नै खर्च दिएर नेसनल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै आएका उनीसँग नेसनल मेडिकल कलेजले ७ लाख ५० हजार १३१ रुपैयाँ अतिरिक्त शुल्क मागेको छ ।

यसअघि ८ लाख ११ हजार रुपैयाँ अतिरिक्त शुल्कसमेत बुझाएका छन् । ‘सरकारले नतिर्नु भनेकाले मैले कलेजले मागेको अतिरिक्त शुल्क तिरिन अहिले आएर यस्तो भयो,’ राम भन्छन्, ‘कलेजको लागि अतिरिक्त शुल्क लिनु लिगल हो भने सरकारको लागि इलिगल । कस्को कुरा मान्नु ?’ नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दीन अन्सारी अहिले नेकपा ओली समूहका केन्द्रीय सदस्य समेत भएका छन् । ओलीसँग निकट रहेका अन्सारीको कलेजले गरिब विपन्न दलित विद्यार्थीहरुको भविष्यमाथि नै खेलवाड गरेको भन्दै सवत्र आलोचना भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.