logo

कोरोना कहरबाट पर्साका नागरिकलाई जोगाउन भूमिका खेलेको भन्दै महानगरद्वारा प्रहरी उपरिक्षक पन्तलाई सम्मान

      1/7/2021 गते 00 00 मा प्रकाशित     983   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले भर्खरै पर्साबाट सरुवा हुनुभएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई सम्मान गरेको छ । कोरोना कहरमा नागरिकको जीवन रक्षाकालागि उहाँले निर्वाह गर्नु भएको भूमिका महत्वपूर्ण रहेको भन्दै बीरगंज महानगरपालिकाले उहाँलाई सम्मान गरेको हो । 

कोरोनाकालमा  जिल्लामा शान्ति सुरक्षा व्यवस्थापनदेखि कोरोना संक्रमण नियन्त्रणमा खेलेको भूमिकालाई उच्च मूल्याकंन गर्दै नेपाल सरकारले पंतलाई प्रवल जनसेवा श्री चौथोबाट पुरस्कृत  पनि गरेको छ । 

 


एक वर्ष पर्साको प्रहरी प्रमुखको रुपमा रहनु भएकी पन्तले नागरिकको जीवन रक्षाकालागि खेलेको भूमिकाका कारण उहाँ पर्सामा जन जनको मन मस्तिष्कमा बस्न सफल हुनु भएको छ ।

 

एक वर्षे कार्यकालमा इमान र निष्ठामा रहेर उहाँले काम गर्नु भएको भन्दै पर्साबासीले मुक्त कण्ठले प्रशंसा गर्ने गरेका छन । 


नागरिकको यही भावनाको प्रतिनिधित्व गरेर बीरगंज महानगरले उहाँलाई सम्मान सहित बिदाई गरेको हो । 

कोभिड महामारीको बेलामा कोरोना संक्रमण नियन्त्रण र रोकथाममा अग्रमोर्चामा रहेर आम नागरिकको जीवन रक्षाका लागि वीरगन्ज महानगरपालिकाकासँग समन्वयकारी भूमिका खेल्नुभएको र आइसोलेसन व्यावस्थापन, सामुदायिक परीक्षण तथा अस्पतालहरुमा संक्रमितलाई पु¥याउने काममा समेत खेल्नुभएको महत्वपूर्ण भूमिकाको उच्च सम्मान गर्दै उहाँलाई महानगरपालिकाको तर्फबाट सम्मान गरिएको हो ।

 

प्रहरी उपरीक्षक पन्तलाई आज महानगरपालिका प्रमुख विजय कुमार सरावगीले सम्मान पत्र सहित विदाई गर्नुभएको हो । महानगरपालिकामै आयोजना गरिएको कार्यक्रममा प्रहरी उपरीक्षक पन्तलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित महानगरपालिकाका नगर प्रमुख सरावगीले विदाई गर्नुभएको हो ।

 

कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला लगायतको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.