logo

प्रभावकारी कार्य सम्पादनमा अब्बल देखिनु भयो पंत साब

      1/6/2021 गते 00 00 मा प्रकाशित     1118   पटक पढिएको

पर्साका प्रहरी प्रमुखको रुपमा गंगा पन्तले कमाण्ड सम्हाल्दा “महिला एसपी ” भनेर नाक खुम्च्याउनेहरुको संख्या बाक्लै थियो । सामाजिक संरचनामा रहेको पितृसत्तात्मक सोचका कारण मानिसहरुले यस्तो सोच्नु स्वभाविक जस्तो पनि थियो ।

 

कतिपयले “महिला भएर पनि ” भन्ने एक खाले बिशेषण जोडेर पंतको प्रंशसा गर्थे । तर गंगा पन्त आफै भने एक सफल प्रहरी अधिकृतको रुपमा आफूलाई स्थापित गर्ने अभियानमा क्रियाशिल। 


प्रहरी प्रमुख भएर पर्सा आएको केही दिन मात्र भएको थियो कोरोनाको कहरमा बिश्व नै पर्यो । सरकारले गरेको लकडाउनको पालना गराउन फ्रन्टमोर्चामा प्रहरी नै थियो । त्यसको कमाण्डर पंत । पर्सामा लकडाउनको प्रारम्भमा प्रहरी, स्थानीय प्रशासन र स्थानीय सरकारका वीचमा काम  गर्ने र नागरिकलाई जोगाउन गरिने कामको बिषयमा असमझदारी जस्तो देखियो ।

 

फिल्डमा खटिने  र राजनीतिक रुपमा गरिने टिप्पणीकोवीचमा रहेको बेमेलले यस्तो देखिएको थियो । चैत ३० मा मुस्लिम धर्म प्रचारकमा कोरोनाको संक्रमण देखिएपछि बीरगंजमा निकै त्रास फैलियो । त्यतीबेलै संक्रमणको महामारीमा कुरा ठुलो गर्ने र काम नगर्ने प्रवृति पनि उत्तिकै देखियो । संक्रमणलाई नियन्त्रण गर्न नागरिक नागरिक वीचको सम्पर्क अवरुद्ध गर्ने उपाय मात्र देखिएको बेलामा यही कुरालाई नागरिकका वीचमा पुर्याउन निकै सकस भयो । 


पहिलो पटक लगाइएको लकडाउन साउन ६ मा सकिएपछि  बीरगंज कोरोना संक्रमणको “हटस्टप” नै बन्यो । दैनीक ३ सयको हाराहारमाी संक्रमीतहरु फेला पर्न थाले । आइसोलेशन अभाव भयो । बीरगंज महानगरले ढिपी गरेर भएपनि संचालनमा ल्याएको गण्डक कोरोना अस्पतालमा ठाउँ थिएन । त्यतीबेला जनस्वास्थ्यकर्मीले गर्नु पर्ने कतिपय काम प्रहरीले गर्यो ।

 

संक्रमीतको घरमा पुगेर“ स्टिकीर ”समेत प्रहरीले टास्ने गरेको थियो । अन्य ब्यवस्थापनमा प्रहरी उपरिक्षक पंतलाई सदैव मैदानमा फेला पारिन्थ्यो । अवस्था यस्तो सम्म आयो कि स्थानीय संचार माध्यमले  कोरोना संक्रमणको नियन्त्रणमा पर्साका प्रहरी उपरिक्षको भूमिका बाहेक अरुसंग केही आश गर्न नसकिने आश्यका समाचारहरु प्रशारण गरे ।

 

नागरिकले पंतलाई आशाको नजरले हेर्थे । पछिल्लो पटक पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी र पर्सा प्रहरी प्रमुख पन्तको नेतृत्वदायी सहकार्यमा थप अस्पतालहरु आइसोलेशनका रुपमा संचालनमा आए।  समुदायका बिभिन्न सरोकार समुह सहकार्यकालागि अगाडि सरे । सामुदायिक आइसोलेशनहरु संचालनमा आए । यि संरचनाहरुको ब्यवस्था ,मास परिक्षण र लकडाउनलाई कडा पार्दे नागरिक नागरिक वीचको सम्पर्क तोडन सकेका कारण नै कोरोना नियन्त्रणकालागि गरिएको प्रयत्नले “बीरगंज मोडेल” नाम पायो र त्यसले राष्ट्रिय चर्चा पायो ।

 

बीरगंज मोडेल बन्नुको पछाडि प्रहरी उपरिक्षक पंतको निरन्तरको खटाई र नागरिकलाई उत्प्रेरित पार्ने शैली पनि प्रमुख कारक बनेको छ ।
स्थानीय प्रशासन र बीरगंज महानगरपालिकाका वीचमा पछिल्लो पटक एक घर परिक्षणका बिषयमा देखिएको असमझदारी अन्त्य गरेर मास परिक्षण गर्ने वताववरण बनाउन पनि पंतको भूमिका महत्वपूर्ण रहेको थियो ।

 

असझदारी जस्तो देखिएको थियो तर त्यसलाई मिलाएर काम गर्ने कुरामा आफूहरु नअलमलिएको उहाँको भनाई छ । त्यतीबेला नीतिगत नेतृत्व प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको हुन्थ्यो हामी कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने कुरामा क्रियाशिल हुन्थ्यौ पंतले त्यो बेलाको स्मरण गर्नु भयो । 


पंतको यो कामलाई राष्ट्रले रिकोग्नाइज गरेको छ । कोरोनाकालमा  जिल्लामा शान्ति सुरक्षा व्यवस्थापनदेखि कोरोना संक्रमण नियन्त्रणमा खेलेको भूमिकालाई उच्च मूल्याकंन गर्दै नेपाल सरकारले पंतलाई प्रवल जनसेवा श्री चौथोबाट पुरस्कृत  पनि गरेको छ । 


कोरोना संक्रमण घट्दै गएपछि शान्ति सुरक्षा अमन चयन कायम गर्न , अनधिकृत ब्यापार नियन्त्रण गर्न , हुण्डी कारोवार निरुत्साहन गर्न धातुको अवैध कारोवारको संजाल तोड्न उहाँको नेतृत्वमा पर्सा प्रहरीले राम्रो सफलता प्राप्त गरेको छ । 


पछिल्लो चरणमा लैङिक हिंसामा परेका महिलाहरुको उद्धार  रपूर्नस्थापनकालागि महत्वपूर्ण योजना शुरु गर्दै गर्दा  उहाँको सरुवा भएको छ । लैगिङ हिंसा नियन्त्रण संजालनको गठन गरेर उहाँले काम प्रारम्भ गर्नु भएको छ । उहाँकै पहलमा कोषको निर्माण भएको छ भने महिला प्रहरीहरुकालागि ब्यारेक निर्माणको काम शुरु भएको छ । 


पर्सामा प्रहरी प्रमुखको रुपमा आउदा “महिला” भनेर नाक खुम्च्याउनेहरुले प्रहरी उपरिक्षक पंतमा एउटा प्रहरी उपरिक्षकमा हुने सबै प्रतिभा देखे । अनि अहिले भन्छन “प्रभावकारी कार्य सम्पादनमा अब्बल देखिनु भयो पंत साब”
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.