logo

उखु किसानलाई १७ करोड भूक्तानी दिन बाँकी लुम्बिनी चिनी मिलका संचालक अग्रवाल पक्राउ

      12/31/2020 गते 00 00 मा प्रकाशित     879   पटक पढिएको

नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई प्रहरीले उनको बीरगंज स्थित निवासबाट पक्राउ गरेको हो । 

 


उखु किसानको भूक्तानी नदिने चीनी मिलका संचालकलाई पक्राउ गर्ने सरकारी नीति अनुरुप उनलाई पक्राउ गरिएको हो । काठमाण्डौको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अग्रवाललाई पक्राउ गरेको  पर्साका प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिनु भयो । 

 

नेपाल प्रहरीको अपराध महाशखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी अग्रवाललाइ पक्राउ गरेको हो । 

नवलपरासीको सुनवल स्थित लूम्बीनी चिनी मिल सुशिला गोयलको नाममा दर्ता छ । तर अंशबन्डा हुँदा सुशिलाका जेठाजू मनोज अग्रवालको भागमा चिनी मिल परेको थियो ।

 

यसअघि चिनी मिलको स्वामित्व विवाद हुँदा उखु किसानको रकम बक्यौता रहन गएको चिनी मिल व्यवस्थापनले जनाएको थियो । लुम्बिनी चिनी मिलले उखु किसानलाई करिब १७ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.