logo

तत्काल राहत र उद्धारकालागि मधेशका सबै जिल्लालाई एक/ एक करोड उपलब्ध गराइने प्रदेश सरकारको निर्णय

 इसीमाना सम्बाददाता      २०८१ असोज १३ गते १७: १९ मा प्रकाशित     381   पटक पढिएको

जनकपुरधाम । तीन दिनको वर्षाका कारण भएको क्षतीमा राहत र उद्धारकालागि मधेश प्रदेश सरकारले हरेक जिल्लालाई एक /एक करोड रुपैया उपलब्ध गराउने भएको छ ।

 

मधेशमा बाढीबाट पूर्वाधारमा भएको क्षतीको पूर्ननिर्माणकालागि भौतीक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम उपलब्ध गराउने मुख्यमंत्री सतिश सिंहले बताएका छन । एक/एक करोड नदी नियन्त्रणमा खर्च गर्न भनिएको छ ।

 

आइतवार बसेको मधेश मन्त्री परिषदको बैठकबाट यस्तो निर्णय भएको मुख्यमन्त्री सतिश कुमार सिंहले बताएका छन् ।

 

मुख्यमन्त्री सिंहका अनुसार आईतवारनै मधेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको नेतृत्वमा प्रादेशिक सुरक्षा समितिको बैठक बस्न लगाएर मधेशको कुन वडामा कति क्षती भएको छ, वडा स्तरीय क्षतीका विवरण ल्याउन निर्देशन समेत दिइएको छ ।

सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालनी, रौतहटमा बागमति नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिका सहितका पालिकाहरु अति प्रभावित भएको जानकारी गराउदै सुरक्षा निकायसंग समन्वय गरि हाई अर्लट गराएर राहत र उद्धारकालागि निर्देशन दिइुसकिएको मुख्यमंत्री सिंहले जनाए ।

 

मुख्यमंत्री सिंहले राहत र उद्धारकालागि सम्पूर्ण दातृनिकायहरुलाई खुल्ला आह्वान गरेका छन । उनले प्रभावित क्षेत्रमा पुग्न आग्रह समेत गरेका छन । मधेशको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदानका लागि पुग्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मुख्यमन्त्री सिंहले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.